समाचार
जनताको मुख थुनेर सत्ता टिक्दैनः नेत्रविक्रम चन्द
२ मंसिर, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका हुन् । उनले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताए । महासचिव चन्दले देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिस्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे । उनले..
लोकतन्त्रका विरुद्ध औँला उठाउनेलाई तल झारिदिने ओलीको चेतावनी
२ मंसिर, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ७ गते युवा विद्यार्थीले गर्ने प्रदर्शनमा पार्टीको साथ समर्थन रहेको बताएका छन् । शनिवार काठमाडौँमा पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले ७ गते शान्तिपूर्ण रूपमा सरकारलाई शक्ति देखाउने बताए । उनले सो दिन सरकार र दक्षिणपन्थी शक्तिहरूलाई थोरै सङ्केत मात्र गर्ने बताउँदै शान्तिपूर्ण राजनीतिको रूपमा राजनीतिक प्रदर्शन गर्ने बताए । उनले लोकतन्त्रका विरुद्ध औँला उठाउनेलाई शान्तिपूर्ण रूपमा औँलो तल झारिदिने..
भाई टीका लगाएसंगै आजदेखि सकियो तिहार
२९ कार्तिक, काठमाण्डौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो..
विश्वकप छनोट खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा, छनोटमा को को परे
२४ कार्तिक, काठमाण्डौँ । विश्वकप छनोट फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलका लागि यूएई जाने राष्ट्रिय टिमको घोषणा भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टिमका अनुभवी डिफेन्डर अनन्त तामाङ घुँडाको चोटको कारण यूएईसँगको खेलका लागि टिममा परेका छैनन् । चोटको कारण खेल्न नसक्ने भएकाले उनलाई टिममा नराखेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ । नेपालले कात्तिक ३० गते यूएईसँग..
सूर्याेदयको प्रत्येक वडाका बाह्र महिना चल्ने सडकलाई कालोपत्रे गरिदैँ
२४ कार्तिक, इलाम । इलामको सूर्याेदय नगरपालिकाले अन्तरवडा जोड्न निर्माण गरेको अलवेदर (बाह्रमासे) सडकलाई कालोपत्रे गर्न सुरु गरेको छ । नगरपालिकाले २८ वर्षे नगर सडक गुरू योजना अन्तरगत एक वडा एक बाह्र महिने सडकलाई कालोपत्रे सडकमा रूपान्तरण गर्दै लैजाने योजनासहित वडा नं. ९ मा कालोपत्रे सडकको उद्घाटन भएको छ । वडा नं. ९ को बरबोटे गैरीगाउँ कजेनी अरुणोदय मार्ग कालोपत्रे सम्पन्न गरी नगरपालिकाले बिहीबार उद्घाटन् गर्दै टोलविकास संस्थालाई हस्तान्तरण गरेको..
अवलोकन भ्रमणमा आएका ३ वटा बस धरानमा दुर्घटना, २१ जना घाईते
२४ कार्तिक, काठमाण्डौँ । अवलोकन भ्रमणमा आएका ३ वटा बस धरान १३ अमरहाटमा दुर्घटना भएको छ । स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा आएको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर २१ जना सामान्य घाईते भएका छन् । नवलपुरको विद्यार्थी बोकेको बस ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएको थियो । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दी १५८३ नम्बरको बसलाई ठक्कर दिएको थियो..
विवाद्वीत उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा
२४ कार्तिक, काठमाण्डौँ । रथी बढुवा सिफारिसमा विवादमा परेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उमेर कीर्ते प्रकरणमा जंगी अड्डाले छानवीन समिति गठन गरेपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएर हिँडेको स्रोतले जनाएको छ । प्रधान सेनापति प्रभुराम शर्मा पाण्डेलाई नै रथीमा बढुवा गर्ने पक्षमा उभिए पनि बलाध्यक्ष रथी सीताराम खड्काले बढुवा समितिमा असहमति जनाएका थिए । उमेर कीर्तेका प्रमाणहरु नै बाहिर आइसकेको अवस्थामा व्यक्तिभन्दा संस्था जोगाउनु मुख्य विषय भएको..
रेमिट्यान्स आप्रवाहमा कीर्तिमानः एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड भित्रियो
२४ कार्तिक, काठमाण्डौँ । असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । असोज महिनामा मात्र १ खर्ब ३६..
सामाजिक सञ्जाल संचालन निर्देशिका २०८० पारितः सञ्जालमा गर्न नहुने १९ कृयाकलाप हेर्नुहोस्
२३ कार्तिक, काठमाण्डौँ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । सामाजिक संजालहरू फेसबुक, एक्स (ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो । सरकारले जारी गरेको सामाजिक सञ्जाल संचालन निर्देशिका अनुसार सामाजिक सञ्जाल प्रयोगका क्रममा गर्न नमिल्ने क्रियाकलाप १९ बुँदामा छन्ः १. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) सिर्जना गर्न, २. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी)..
धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन
२३ कार्तिक, सुनसरी । सुनसरीको धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ । प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरिएको हो । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । स्थानीय स्तरमा धरान उपमहानरपालिकाले सरकारलाई सो भेगमा विमानस्थल..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७