पञ्चमी बजारमा तिहार विशेष साँस्कृतिक कार्यक्रम हुने

पञ्चमी बजारमा तिहार विशेष साँस्कृतिक कार्यक्रम हुने

२० कार्तिक, इलाम । इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिकाको संगम स्थल चिसापानी पञ्चमी बजारमा यहि कार्तिक २७ गते बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा माङसेबुङ ६ र मिक्लाजुङ ५ मा रहेको पञ्चमी बजारमा कार्यक्रम सञ्चालन हुन लागेको हो ।

पुरानो इतिहास बोकेको मिर्मिरे साँस्कृतिक परिवार र द नेक्सस ब्याण्डको संयुक्त आयोजनामा कार्यक्रम हुन गइरहेको मुल समिति सह-संयोजक एक्सन माकृहाँङले जानकारी दिए । उनले पुरानो मिर्मिरे साँस्कृतिक परिवार र नयाँ नेक्सस ब्याण्डलाई एकै पटक आयोजक पाउँदा सबै पुस्ता समिटिने भएकोले प्रभावकारी हुने बताए । साथै यस्ता कार्यक्रमहरुले कला र सँस्कृतिको जगेर्ना तथा टेवा पुग्ने बताए ।

कार्यक्रममा विभिन्न ख्याति प्राप्त राष्ट्रिय कलाकार साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम संयोजक शंकर योङहाङले जानकारी दिए । उनका अनुसार यस पटक द भोइस अफ नेपाल सिजन ४ फाइनालिष्ट सबिना योङहाङ, द भोइस अफ नेपाल सिजन २ कन्टेस्टेन्स विजय राई, द भोइस अफ किड्स सिजन १ फाइनालिष्ट नुमा राई, संकल्प ब्याण्ड झापा स्थानीय नेक्सस ब्याण्डको प्रस्तुति साथै नृत्य तथा स्थानीय साँस्कृतिक नृत्यहरु प्रस्तुत हुनेछ ।

कार्यक्रम सम्पन्न गर्न विभिन्न समिति गठन

शङ्कर योङ्हाङको संयोकत्वमा ५ सदस्यिय मूल कार्यक्रम संचालक समिति गठन भएको छ । जस्मा सह-संयोजक एक्सन माकृहाङ राई, सदस्यहरुमा प्रजिल माकृहाङ राई, एल्सन लावती र शर्मिला राई रहेका छन् ।

त्यसै गरी आर्थिक व्यस्थापन समितिमा कैलाश राई संयोजक रहेका छन् भने मोहन चाम्लिङ राई, सपन योङ्हाङ, कल्पना बानु, योगेश राई, डि.बी. कार्की र समिन राई सदस्य रहेका छन् ।

कार्यक्रमको स्वयंसेवक व्यवस्थापन समिति चन्द्रहाङ लावती संयोजक र रत्नकुमार माकृहाङ राई सह-संयोजक रहेका छन् । अन्य सदस्यहरुमा रुपेश राई, रोशन राई, सायल राई, पियूस राई छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर