जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुग्यो

जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुग्यो


१८ कार्तिक, काठमाण्डौँ । जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुगेको छ । प्रहरीका अनुसार सो भूकम्पमा परेर घाइते हुनेहरुको संख्या भने १६६ पुगेको छ ।

प्रहरीले दिएको पछिल्लो अपडेटअनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने घाइते संख्या ८१ पुगेको छ । त्यस्तै रुकुम पश्चिममा मृत्यु हुनेको संख्य ३८ जना पुगेको छ भने घाइतेको संख्या ८५ पुगेको छ ।

शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर