दुधजन्य उत्पादन दोस्रो देश निकासी नहुदा इलामका व्यवसायीहरु समस्यामा

दुधजन्य उत्पादन दोस्रो देश निकासी नहुदा इलामका व्यवसायीहरु समस्यामा


५ मंसिर, इलाम । चाडपर्वका समयमा पनि नौंनी घिउ र चीज बिक्री नहुँदा इलामका डेरी व्यवसायीहरु समस्यामा परेका छन् । ६ महिना यता स्टोरमै थन्क्याउन बाध्य भएका व्यवसायीहरुले उपभोक्ताबाट दशैं–तिहारका बेला पनि अपेक्षाकृत ढंगले नौनी घिउ र चीजको मागनै नआउँदा समस्या भएको बताएका छन् ।

जिल्लामा अहिले करिव डेढसय बढी डेरी उद्योगहरु सञ्चालनमा रहेका छन् । सबै डेरीहरुले किसानबाट दूध संकलन गरि घिउ, चीज र छुर्पी उत्पादन तथा निकासी गरिरहेका थिए ।

प्रायः डेरीहरुमा कम्तिमा पनि पाँच हजार किलो देखि १८ हजार किलो नौंनी घिउ र चीजको अहिले ‘स्टक’ सूर्याेदय नगरपालिका स्थित दुग्ध व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष जगत महतले वैशाख महिना यता घिउ र चीज बिक्री हुनै नसकेको बताए ।

करिब दशयता दुग्ध परिकारहरुको व्यवसाय गर्दै आएका इलाम नगरपालिका स्थित सेतो पहाड डेरीका सञ्चालक मिलन खत्री पनि आफ्नो डेरीमा करिब चार हजार किलो घिउ स्टक रहेको बताए । उपभोक्ताबाट माग नआएको खत्रीको भनाइ छ ।

गतवर्षसम्म नेपाली बजारमै खपत भइरहेको चीजसमेत यो वर्ष बिक्री हुन नसकेको नेपाल डेरी एसोसिएसनका इलामका अध्यक्ष लक्ष्मी थापा बताए ।

अहिले इलाम सहित प्रदेशभर व्यवसायीहरुले भारत र बंगलादेशमा समेत पुगेर नेपाली घिउ र चीजको बजारका लागि पहल गरिरहेका छन् । यसका लागि बांलादेशको व्यापारीक टोली केही महिना अगाडी विराटनगरमा आएर नेपाली दुधजन्य उत्पादनको क्वालीटि हेरेर फर्किएका थिए ।

अहिले नेपाल बाहिर दुधजन्य उत्पादनको निर्यात नहँुदा किसानको डेरीमै घिउ, चीज र छुर्पी स्टक भएर बसेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर