इजरायल र हमासबीच चार दिनका लागि युद्धविराम घोषणा

इजरायल र हमासबीच चार दिनका लागि युद्धविराम घोषणा

८ मसिर, एजेन्सी । इजरायल र हमासबीच शुक्रबारदेखि चार दिनका लागि युद्धविराम भएको छ ।

स्थानीय समय अनुसार आज विहान ७ बजे युद्धविराम सुरु हुने भएको हो । आजै साँझ ४ बजे हमासको कब्जामा रहेका १३ बन्धक र सम्झौता अनुसार इजरायली जेलमा रहेका प्यालेस्टायनी छुट्ने कतारी विदेश मन्त्रालयले जनाएको छ ।

यता, युद्धविराम सुरु हुनै लाग्दा पनि इजरायलले गाजामाथि आक्रमण जारी राखेको छ । विराम सुरु हुनुभन्दा अघिल्लो एक घण्टाअघि मात्र गाजास्थित राष्ट्रसंघको शरणार्थी शिविरमा भएको इजरायली बमबारीमा कम्तिमा २७ जना मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर