राष्ट्रिय सभा निर्वाचनका लागि ७ मतदान स्थल र १४ मतदान केन्द्र तोकियो

५ पुष, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई बटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकिएको हो । कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र..

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वरा दमकमा फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण

५ पुष, दमक । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले झापाको दमक नगरपालिका ९ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका (दृष्टि बिहिन) बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरी बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा..

हरेक प्रदेशमा एक स्मार्टसिटी बनाउने प्रधानमन्त्री प्रचण्डको योजना

काठमाडौं, ५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले योजनावद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) सिंहदरबारमा आयोजित सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले ब्यवस्थित सहर बनाउनुपर्ने बताएका हुन् । “काठमाडौंभित्र व्यवस्थित नमुना सहर बनाएर जानुपर्छ। मेरो दोस्रो कार्यकालमा स्मार्टसिटीको अवधारणा यही सोचका साथ अगाडि सारिएको थियो। यसले हरेक प्रदेशमा एक स्मार्टसिटी बन्छ भन्ने हाम्रो सोच थियो..

शुक्रबार देखि विराटनगरमा ‘मोरङ ट्रेड एक्स्पो २०२३’ प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

५ पुष, विराटनगर । विराटनगरमा २०२३ को सम्पूणर् तयारी पूरा भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार (पुस ६ गते) उद्घाटन भई पुस १६ गतेसम्म सञ्चालन हुने मोरङ व्यापार संघ ट्रेड एक्स्पो प्रचण्डले उद्घाटन गर्नु हुने एक्स्पोको तयारी पूरा भएको आयोजकले जानकारी दिइएको हो । मेला आयोजक समितिका संयोजक एवं मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहका अनुसार २४० स्टल बुकिङ भएका छन् । जर्मन प्रविधिको हेंगरमा निर्मित स्टलहरु..

चौबीस महिनाको योजना-एक वर्षमै निर्माण सम्पन्न

५ पुष, म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी-गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबैभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी-गलेश्वर रहेको योजनाका इन्जिनियर अच्युतविलास पन्तले बताउनुभयो । ‘करिडोर दुई..

भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट जेएन वानको बिरामी फेलाः ३ जनाको मृत्यु

५ पुष । भारतको केरलामा कोभिड-१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाका मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेका छन् ।

इलाममा गर्भवतीलाई अस्पताल पुर्‍याउन निशुल्क एम्बुलेन्स सेवा

५ पुष, इलाम । इलामको देउमाई नगरपालिकाले नगरभित्रका गर्भवतीलाई प्रसूति सेवाका लागि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । देउमाई नगरपालिकाले नगरभित्रका गर्भवतीलाई प्रसूति सेवाका लागि इलाम अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा दिन थालिएको नगरप्रमुख सूर्य पोख्रलेले बताए । ‘गर्भवतीलाई आवतजावतमा समस्या अन्त्य गर्न एम्बुलेन्स सेवा सुरु गरिएको हो’ नगर प्रमुख पोख्रेलले भने, ‘नगरपालिकाभित्र बसोबास गर्ने गर्भवतीलाई प्रसूति सेवाका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पतालसम्म लैजानुपरेमा एकतर्फी निःशुल्क सेवा दिने व्यवस्था..

पर्यटनमन्त्री किरातीले राजीनामा दिनुपर्छः कमल थापा

पुस ५, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको राजीनामा माग गरेका छन् । पर्यटनमन्त्री किरातीले राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन् ’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको बताउँदै उनले तत्काल वर्खास्त माग गरेका हुन् । गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ । नेता थापाले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’को..

 उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण छः अर्थमन्त्री महत

४ पुष, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताएका छन् । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । मन्त्री डा. महतको सचिवालयका अनुसार सो अवसरमा उनले कारखाना निरीक्षणका क्रममा सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको उल्लेख गरे । सरकारले अनुदान दिएर मात्र समस्याको समाधान ननिस्कने मन्त्री डा महतको..

एनसेल भ्रष्टचार प्रकरण ढाकछोप गर्न स्वयम् सरकार संलग्न छः सभापति पोखरेल

४ पुष, काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकार आफै एनसेलको सेयर खरिद विक्री, भ्रष्टाचार प्रकरणको ढाकछोप र बचाउ गर्दै जनतामा भ्रम छर्न लागि परेको बताएका छन् । साथै उनले संसद्को सार्वजनिक लेखा समितिले एनसेलबारे गरेको निणर्यलाई कमजोर बनाउन, विषयलाई बङ्ग्याउन कार्यक्षेत्र भन्दा बाहिर गएर समितिहरूमार्फत जनतालाई भ्रम फैलाउने काममा सरकार लागि परेको आरोप समेत लगाएका छन् । बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति पोखरेलले सरकारी पक्षको कटाक्ष गरेका..