रतुवामाई वृक्षारोपण आयोजनाले निशुल्क टिक र मसलाका विरुवा वितरण गर्दै

२० फाल्गुन । झापाको एक मात्र सरकारी वन कमल रतुवामाई वृक्षारोपण आयोजनाले प्रभावित क्षेत्रका नागरिहरुलाई निशुल्क टिक र मसलाका विरुवा वितरण गर्ने भएको छ । रतुवामाई वृक्षारोपण आयोजना प्रभावित क्षेत्र झापाको कमल गाउँपालिका, झापाकै शिवसताक्षी नगरपालिका र इलामको चुलाचुली गाउँपालिकाका नागरिकहरुलाई सो विरुवा वितरण गरिने आयोजना प्रमुख खेमलाल बिश्वकर्माले बताउनुभयो । वन तथा वतावरण मन्त्रालयले २०७६ लाई वृक्षारोपण बर्ष घोषणा गरे अनुरुप आगामी जेठ महिनामा ति बिरुवा वितरण गरिने आयोजना..

चुलाचुली १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन

२० फाल्गुन । इलामको चुलाचुली गाउँपालिका वडा न. १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच नवनिर्मित सो भवनको गाउँपलिका अध्यक्ष प्रदिपचन्द्र राईले रिवन काटेर उद्घाटन गर्नुभएको हो । ३३ लाख १८ हजार ६ सय ६५ रुपैयाँको लागतमा एकतले भवन निर्माण भएको हो । तीन कोठे सो पक्की भवन देवीडाँडा निर्माण सेवा प्रा.लि.ले निर्माणको जिम्मा लिइ सम्पन्न गरेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत..

दमकको गियर बढाउन जनप्रतिनिधी र कर्मचारी इलामको अन्तुमा

१८ फाल्गुन, झापा । नरगरपालिकाको सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्दै झापाको दमक नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीको टोली इलामको श्रीअन्तु पुगेर फर्किएका छन् । नगर प्रमुख रोमनाथ ओली सहितको करिव ६० जनाको टोली गत शुत्रबार श्रीअन्तु पुगेर मानव शंसाधन क्षमता विकाश सम्वन्धी तालिम सकेर शनिवार पुनः नगर फर्किएका हुन् । दमक नगरपालिकाले आयोजना गरेको तालिममा सहभागिलाई प्रेरकवक्ता (मोटीभेश्नल स्पिकर) विपि रेग्मिले प्रशिक्षण दिनुभएको थियो । नगरको कार्यलाई कसरी सहज,..

भैगोलिक र सांस्कृतिक रुपमा नै प्रदेश न. १ उत्कृष्ठः मन्त्री कुशियत

१६ फाल्गुन, दमक । प्रदेश १ का वन, उद्योग पर्यटन तथा वाताबवण मन्त्री जगदिश कुसियतले १ नम्बर प्रदेश धार्मिक, संस्कृति र प्रकृतिक हिसाबले देशकै उत्कृष्ट प्रदेश भएको बताउनुभएको छ । झापाको कमल गाँँउपालिका वडा न. ५ स्थीत आदिबासी रंगशालामा शुक्रबार प्रदेशस्तरिय साँस्कृतिक महोत्सव २०७६ लाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १ नम्बर प्रदेशमा संसारकै अग्लो हिमाल सगरमाथा देखि संसारककौ होचो भुभाग केचनाकवल समेत रहेको र भौगोलिक संरचना..

आदिवासी रंगशालालाई अन्तराष्ट्रिय रंगशाला भनिएको भन्दै प्रतिष्ठानको विरोध

१५ फाल्गुन । आदिवासी रंगशाला तथा स्मृती प्रतिष्ठानले आज एक विज्ञप्ती जारी गर्दे कमल गाउँपालिकालाई गाउँवासीको भावना विपरीत कार्य नगर्न आग्रह गरेको छ । झापाको कमल गाउँपालिका वडा न. ५ मा रहेको आदिवासी रंगशाला तथा स्मृती प्रतिष्ठानले आज एक विज्ञप्ती जारी गर्दे रंगशाला नामाकरणको विषयमा गाउँपालिकाले स्थानियको भावना विपरीत गएर सुचना जारी गरेको भन्दै त्यसलाई यथाशिघ्र सच्याउन र त्यस्तो कुचेष्टा नगर्न आग्रह गरेको हो । प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राई र..

मन्त्री कार्कीद्वारा दमक बसपार्क भित्रको एकीकृत काउण्टरको उद्घाटन

१५ फाल्गुन । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दमक बसपार्क भित्र निर्माण गरिएको एकीकृत काउण्टरको उद्घाटन गर्नुभएको छ । दमक –६ स्थित पूर्व बसपार्क भित्र निर्माण गरिएको आधुनिक टर्मिनल भवन भित्र बसपार्क काउण्टरको उहाँले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात बोल्दै मन्त्री कार्कीले प्रदेश सरकारले यातायात तथा ट्राफिक व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेर अघि बढेको जानकारी दिनुभयो । प्रदेश १ सरकारले..

सबैको भावना समेटेर प्रदेशको नामाकरण हुन्छः प्रदेश प्रमुख ‘प्यासी’

१३ फाल्गुन । प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामाकरण हुने बताउनुभएको छ । हिजो सोमबार झापाको बिर्तामोडमा आयोजित छलफलमा प्रदेश प्रमुख प्यासीले शान्ति, सहिष्णुता, सामाजिक सद्भावलाई ख्याल गर्दै प्रदेशको नामाकरण गरीने बताउनुभयो । उहाँले प्रदेशसभाको चालू अधिवेशनले प्रदेशको नामाकरण टुंग्याउने भन्दै विश्वस्त रहन आग्रह पनि गर्नुभयो । संघीयता कार्यान्वयनका सवालमा केही जटिल बिषय देखिए पनि त्यसलाई सबै मिलेर सहज बनाउनुपर्ने उहाँको..

झापा गोल्डकप तोकिएको मितिमा हुन नसक्दा खेलप्रेमीहरु चिन्तित

१३ फाल्गुन । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक प्रतियोगिता क्यालेन्डर अनुसार झापा गोल्डकप हुन नसक्दा जिल्लाका खेलप्रेमीहरु चिन्तित बनेका छन् । फागुन १६ देखि हुनुपर्ने गोल्डकपको अहिले सम्म पनि कुनै सुरसार नहुँदा यो बर्ष खेल नै संञ्चालन नहुने होकी भनेर सरोकारवालाहरु चिन्तित बनेका हुन् । चौथो संस्करणसम्म आयोजित प्रतियोगिता यो वर्ष हुँदैन कि भन्ने धेरैले लख काट्न थालेका छन । झापा फुटबल क्लबका संरक्षक जलकुमार गुरुङ केही दिनभित्रमा प्रतियोगिताबारे टुंगो..

पुर्नस्थापना केन्द्रमा एक युवाको शंकास्पद मृत्यु

१३ फाल्गुन । मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको ‘जीवन बचाउ उपचार सेवा गृह एवं पुर्नस्थापना केन्द्र भित्र एक युवाको शंकास्पद मृत्यु भएको छ । गृहमा उपचारका लागि भनेर पुस १८ गतेदेखि राखिएको उर्लाबारी–२ का १९ वर्षीय विशाल श्रेष्ठको शव शौचालयको भेन्टिलेसनमा झुन्डिएको अवस्थामा गत आइतबार साँझ भेटिएपछि घटनालाई शंकास्पद मानेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । टी–सर्ट (भेष्ट)ले घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको थियो । साँझ खोजी गर्ने..

चुलाचुलीका कृषकहरुलाई अनुदानमा कृषि यान्त्रिकरण समाग्री

१२ फाल्गुन, इलाम । इलामको चुलाचुली गाउँपालिकामा आज स्थानिय कृषकहरुलाई अनुदानमा विभिन्न कृषि यान्त्रिकरण सामाग्रीहरु वितरण गरिएको छ । गाउँपालिकाको कृषि बिकाश शाखा र पशु सेवा शाखाको अयोजनामा सो सामाग्रीहरु वितरण गरिएको हो । कृषि बिकाश शाखाको चालू आर्थिक बर्षको ५० प्रतिशत अनुदान कार्यक्रम अन्र्तगत आज गाउँपालिकाका कृषकहरुलाई पावर टेलर (हाते ट्रयाक्टर) २ थान, ब्रस कटर (धान काट्ने मेसिन) ६ थान, सिंञ्चाईका लागि मोटर पम्प १८ थान गरी करिव ७..