८ पुष, मोरङ । कोशी प्रदेशको दुई जिल्लामा एक जना पुरुष र एक महिला मृत फेला परेका छन् । मोरङको विराटनगर महानगरपालिका-५ कोचाखाल चोकमा डेरा गरी बस्ने भोजपुर नगरपालिका-७ पोखरे लाइन घर भएका ७० वर्षीय सम्बर बहादुर श्रेष्ठ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता धनकुटाको धनकुटा नगरपालिका-९ बेलहारा बेसी बस्ने ७४ वर्षीय ईन्द्र कुमारी राई सोही ठाउँस्थित तमोर नदी किनारामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
दुवै घटनामा आवश्यक अनुसन्धान प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।