समाचार
हालको ब्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना छैनः देउवा
७ पुष, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको ब्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताएका छन् । वर्तमान व्यवस्थाले समावेशी र समानुपातिक रुपमा सबैलाई समेटेको उनको भनाई छ । उक्त कार्य एकदमै राम्रो रमहत्वपूर्ण रहेको उनले बताए । आज (शनिबार) कांग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताउँदै मिलेर अगाडि बढ्नुपर्ने बताए..
देश जोगाउने हो भने एमाले रोज्नुपर्दछः महासचिव शंकर पोखरेल
७ पुष, ललितपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताएका छन् । शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले सो दाबी गरेका हुन् । महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न सबैलाई आह्वान गरे । ‘अब स्वार्थहरुको गठबन्धन होइन, नीतिगत..
ताप्लेजुङमा केबलकारको काम सुरु हुनेः १३ महिनामा निर्माण सक्ने तयारी
७ पुष, फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको छन् । त्यसका लागि..
भोट माग्न आउँदा कन्ट्रक्ट पेपर रेडी गरेर राख्नुस्ः रवि लामीछाने
७ पुष, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानेले घरघरमा भोट माग्न आउँदा कन्ट्राक्ट पेपर रेडी गरेर राख्न आग्रह गरेका छन् । पोखरामा जिरोकिलोमा बनेको पार्टीको घण्टीघर उद्घाटन गर्दै सभापति लामीछानेले भोट माग्न आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्न आग्रह गरेका हुन् । ‘हामी कन्ट्रक्ट गरेर जान सक्छौ । हामी लक्ष्य यहाँसम्म पुर्याउछौ भनेर कन्ट्रक्ट गरेर जान तयार छौं । मैले गत चुनावमा पनि भनेको थिए । मेरो..
अंगदान गर्न नहिचकिचाउः प्रधानमन्त्री प्रचण्ड
७ पुष, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ-आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपील गरेका छन् । आज शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु- मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले..
इलाममा बढ्यो अलैँचीको उत्पादन
७ पुष, फिक्कल । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सात दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको उक्त केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए । चालु आवमा एक हजार सात सय ५३ हेक्टर जमिनमा अलैँची एक हजार तीन सय २० दशमलव पाँच मेट्रिकटन अलैँची उत्पादन भएको छ । गत आवमा..
मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक सञ्चालनमा
७ पुष, म्याग्दी । पूर्व-पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालनमा आएको छ । संघीय सरकारमार्फत मार्ग खोल्ने र प्रदेश सरकारले स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेका हुन् । बेनीदेखि दरवाङ-मुना-जलजला-ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । “बेनीदेखि मुना हुँदै खोरियासम्म..
कांग्रेस मधेश सम्मेलनः शेखर कोइराला र उनका पक्षधर नेताहरुद्वारा बहिष्कार
५ पुष, जनकपुधाम । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् । तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ । प्रदेश सम्मेलन उद्घाटन समारोह आसनग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरे । सम्मेलनमा पुगेका नेता बिमलेन्द्र निधिले भने आसन ग्रहण गर्न मानेनन्..
पाकिस्तानको लाहोरमा प्रदुषण हटाउन कृत्रिम वर्षा
५ पुष, काठमाडौं । पाकिस्तानको लाहोरमा खतरनाकस्तरको प्रदूषण हटाउन पहिलोपटक कृत्रिम वर्षाको प्रयोग गरिएको छ । लाहोरको मेगासिटीमा शनिबार वर्षा गराउने ‘क्लाउड-सिडिङ’ उपरकणसहितका विमानले उडान भरेको थियो । यो सहर विश्वकै सबैभन्दा धेरै हानिकारकस्तरको वायु प्रदूषण भएको ठाउँमध्येमा पर्छ । लाहोरका कम्तीमा १० ठाउँमा वर्षा गराइएको पन्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले बताएका छन् । पन्ध्र किलोमिटरको क्षेत्रमा गरिएको वर्षाको अनुगमनसमेत गरिएको उनले बताएका छन् । लाहोरमा हावाको गुणस्तर व्यापारिक गतिविधिदेखि..
नेपाल इन्जिनियरिङ कलेजद्वरा भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने घोषणा
५ पुष, काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले २०८० कार्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई पाँच वटा पूणर्छात्रवृत्ति दिने घोषणा गरेको हो । कलेजले स्नातक तह अन्र्तगत आर्किटेक्चर, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियङि, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ र ब्याचलर फर डिप्लोमा होल्डर्सको लागि सिभिल..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७