९ पुष, सिन्धुली । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
आज (सोमबार) बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकलमा सवार एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।
मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका-१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् । दुर्घटनापछि राजमार्गमा सवारी आवागमन रोकिएको छ ।