छानविन समितीद्वारा मीनबहादुर र उनको समूहले एक सय ३८ किलो सुन तस्करी गरेको निश्कर्ष

छानविन समितीद्वारा मीनबहादुर र उनको समूहले एक सय ३८ किलो सुन तस्करी गरेको निश्कर्ष

८ पुष, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानविन समितिले मीनबहादुर घले र उनको समूहले एक सय ३८ किलो सुन तस्करी गरेको निश्कर्ष निकालेको छ । गत मंसिर २२ गते दुवईबाट काठमाडौं आउँदै गरेका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । चन्द्र पक्राउ परेपछि उक्त सुन गोरखाका मीनबहादुर घलेको भएको खुलेको थियो ।

उक्त घटनाबारे छानविन गर्न भन्सार कार्यालयले बनाएको समितिले दुवईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्ति र मिनबहादुरको समूहले चाँचोपाँचो मिलाएर सुन तस्करी गर्ने गरेको र हालसम्म उक्त समूहले एक सय ३८ किलो सुन तस्करी गरेको निश्कर्ष निकालेको हो ।

मिनबहादुर, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले विमानस्थलबाट सेटिङ मिलाएर हालसम्म एक सय ३८ किलो सुन बाहिर ल्याएको छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । एयरपोर्टमा सेटिङ मिलाउने काम डीबी भन्ने दनबहादुर गुरुङले गरेको पाइएको समितिले जनाएको छ । सुन बाहिर पास गराउन एयरपोर्ट भन्सारका केही कर्मचारी र पूर्व कर्मचारीको समेत संलग्नता देखिएको समितिको निश्कर्ष छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270