समाचार
यातायात राज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन
८ पुष, भोजपुर । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेकी छन् । ती सडकका समस्या समाधान तथा भावी योजना निर्माणका लागि स्थलगत अनुगमन गरेकी हुन् । राज्यमन्त्री चपाईँले मध्यपहाडी लोकमार्गअन्तर्गत विभिन्न सडकखण्डसँगै दिक्तेल-चखेवा, भोजपुरको चखेवा-लेगुवा र कोशी राजमार्गको खाँदबारी-भोटखोला किमाथाङ्का सडकखण्डको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । आज बिहान पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री चपाईँले यो क्षेत्रका सडकसँगै मन्त्रालयअन्तर्गत निर्माण भइरहेका..
शिक्षक सेवा आयोगले माग्यो माध्यमिक तहका शिक्षक
८ पुष, काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो। शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीका अनुसार बिहान कार्यालय समय खुलेसँगै माग संख्या र कुन प्रदेशमा कति माग भएको छ भन्ने थाहा हुनेछ। माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीणर्..
मायाको पहिचानले चलायो विश्वव्यापी प्रभाव पारेको सर्वोच्चको ऐतिहासिक आदेशमा छलफल
८ पुष, काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले यौनिक तथा लैङ्गिक समुदायको अधिकारमा अझै उकालो यात्रा रहेको बताएका छन्। ‘नेचुरल राइट’का लागि समेत अदालत जानु दुर्भाग्य रहेको केसीले बताए। १३ मङ्सिरमा मात्रै लमजुङको दोर्दी गाउँपालिकामा पहिलो ‘इन्द्रेणी विवाह’ दर्ता गराउन सफल मायाको पहिचान नेपालले महान्यायाधिवक्ता कार्यालयमा गरेको कार्यक्रममा पूर्वन्यायाधीश केसीले आफ्नो पहिचानमा बाँच्न पाउनु संवैधानिक अधिकार रहेको उल्लेख गरे। उनले २०४७ सालको संविधानको धारा ११ मै यौनिक तथा लैङ्गिक..
नेपालकै पहलो ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ सम्पन्न
८ पुष, काठमाडौँ । काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो । संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती..
शीर्ष नेताहरुबिच सामूहिक छलफल
८ पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । शीर्ष तीन नेताहरूबिचको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित थिए ।
माओवादीले राम्रो काम गर्यो, जस अरूले लियोः प्रधानमन्त्री ‘प्रचण्ड’
७ पुष, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी रूपान्तरण र गतिशील बनाउन नसके मुलुकको परिवर्तनको रक्षा हुन नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको बूढानीलकण्ठ नगर सम्मेलनको उद्घाटन गर्दै उनले माओवादीको नेतृत्वमा नै मुलुकमा परिवर्तन स्थापित भएको जिकिर गरे । पार्टी रूपान्तरण र गतिशील बनाउन नसके माओवादीको भविष्यका साथै परिवर्तनको रक्षा हुन नसक्ने उनको भनाइ थियो । माओवादीलाई बलियो बनाए मात्र मुलुकको परिवर्तनको रक्षा..
पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार
७ पुष, पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका..
मेरो तागतले भ्याएसम्म र म रहेसम्म गणतन्त्रमाथि कुनै आँच आउन दिन्नः राष्ट्रपति पौडेल
७ पुष, विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले आफु रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु । मेरो तागतले भ्याएसम्म र म रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।’ उनले आफूलाई संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने समेत बताए..
फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने कांग्रेस महामन्त्री शर्माको दावी
७ पुष, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । शनिवार बागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका मागहरू पूरा गर्न आग्रह गरेका छन् । उनले काँग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निणर्य गरेर काँग्रेसले सिंहदरबार घेर्ने..
कोभिड-१९ संक्रमितको संख्या ५२ प्रतिशतले वृद्धिः विश्व स्वास्थ्य संगठन
नयाँ दिल्ली । पछिल्लो चार हप्तामा कोभिड-१९ का नयाँ संक्रमितको संख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । डब्ल्यूएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोरोना संक्रमितको मृत्यु संख्या आठ प्रतिशतले कमी आई विश्वभर कुल तीन हजारभन्दा बढी थप मृत्यु भएको छ ।” डिसेम्बर १७ सम्ममा कोभिड-१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी संक्रमित पुष्टि भएका छन् । करिब ७०..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७