सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण

४ पौष, काठमाण्डौँ । सरकारले उखुको खरिद मूल्य तोकेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सुचना तथा संञ्चचर मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्।

सर्वोच्चको न्यायाधिसमा प्रस्तावित ६ जनाको नाम अनुमोदन

४ पुष, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । आज  बसेको समितिको बैठकले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो । यसअघि समितिमा उनीहरूको सुनुवाइ भएको थियो । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

झापामा थ्रेसरमा बेरिएर ५७ वर्षीय नुनुवा टुडुको मृत्यु

४ पुष, झापा । झापामा धान झाँट्ने थ्रेसरमा बेरिएर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका २ सुगा बथानका ५७ वर्षीय नुनुवा टुडुको थ्रेसर मेसिनमा बेरिएर आज बुधबार बिहान मृत्यु भएको हो । प्र१-०१-००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनमा धान झाँट्ने क्रममा टुडु अचानक बेरिएका थिए । उनको घटनाथलमै मृत्यु भएको र कानुनी प्रकृया पुरा गरी शव परिवारको जिम्मा लगाउने काम भइरहेको..

यात्रुवाहक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु २७ जना घाइते

४ पुष । मकवानपुर — बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नम्बरको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज विहान एकापसमा ठोक्किएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार सो दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका..

नेपाल सरकारले थप ८ देशहरूसँग श्रम सम्झौता गर्दै

४ पौष, काठमाडौँ । सरकारले थप ८ देशहरूसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न ८ देशहरूसँग श्रम सम्झौताको तयारी गरेको हो । सरकारले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता गरेको छ । सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी भइरहेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले जानकारी दिए । नेपालले सन् २०२४ मा कुबेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, माल्टा, टर्कीसँग..

मेलम्चीको पानीे २८ दिनमा काठमाडौँ ल्याउने प्रतिवद्वता

४ पौष, काठमाडौँ । नेपाल सरकार र निर्माण कम्पनीको लापरबाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै काठमाडौँवासी आन्दोलित बनेपछि मेलम्ची खानेपानी विकास समितिले २८ दिनको भाका मागेको छ । विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले एक विज्ञप्ति जारी गर्दै अब दुई सिफ्टमा काम गराएर २८ दिनमा काम सम्पन्न गर्ने र मेलम्चीको पानी काठमाडौँमा झर्ने बताएका छन् । वर्षामा आएको बाढीका कारण गएको ८ असारदेखि मेलम्चीको पानी काठमाडौँ झरेको छैन । मर्मत..

भारतमा एकै साता १४१ सांसद निलम्बनमा

भारतमा विपक्षी दलका सांसदहरूलाई धमाधम निलम्बन गरेपछि तरंग उत्पन्न भएको छ । हिउँदे अधिवेशन चलिरहँदा मंगलबार लोकसभाका विपक्षी दलका थप ४९ सांसदलाई निलम्बन गरेको भारतीय सञ्चारमाध्यम द स्क्रोलले जनाएको छ। संसदको सुरक्षा उल्लंघन गरेको विषयमा छलफल गर्न माग गरेपछि सभामुखले उनीहरूलाई निलम्बन गरेका हुन्। भारतीय कांग्रेस आइका नेता शशी थरूर, समाजवादी पार्टीकी नेता दिम्बल यादव, राष्ट्रवादी कांग्रेस पार्टीकी सुप्रिया सुले र नेशनल कन्फ्रनेसका नेता फारूक अब्दुल्लाह लगायत निलम्बनमा परेका छन्।..

दमक चिसापानी सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै ठेकेदार कम्पनी विरुद्व आक्रोसित माङसेबुङ अध्यक्ष हेमन्त राई

३ पौष, माङसेबुङ (इलाम) । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्दा पनि बन्न सकेको छैन । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छभने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूणर्ता पाउन सकेको छैन । रतुवाखोला किनारमा खुलेको ट्रयाकमा सवारी साधन सञ्चानबाहेक केही प्रगति..

एनसेलको शेयर बिक्री प्रकृया अस्वाभाविक भएको प्रधानमन्त्री प्रचण्डको भनाई

३ पौष, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री प्रकृया स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् । राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मन्त्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले बताए । यसमा कहिँ न..

इलामको देउमाईमा एकल पुरुष, अविवाहित महिला र तेस्रो लिङ्गीलाई मासिक भत्ता

३ पौष, इलाम। इलामको देउमाई नगरपालिकाले एकल पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । देउमाई नगरपालिकाले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ । देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ ।..