समाचार
क्रिसमसको अवसरमा श्रीलङ्कामा एक हजारभन्दा बढी कैदीलाई आममाफी
९ पुष, कोलम्बो । श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार कैँदीलाई बाँकी जेल सजाय माफी गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना तिर्न नसकेका कारण जेल सजाय भोगिरहेका श्रीलङ्काका नागरिक रहेको कारागार आयुक्त गामिनी दिसानायकेले जानकारी..
‘आलु, लसुन प्याज जस्ता वस्तुहरुमा भ्याट लगाउनु गलत’ सांसद भगबती चौधरी
९ पुस, काठमाडौं । बर्तमान कर प्रणाली थौरै बैज्ञानीक र प्रगतिशील भएतापनि अपुरो रहेकोले कर प्रणालीलाई सुधार्न जरुरी रहेको नेकपा एमालेकी सांसद तथा संसदको अर्थ व्यवस्था समितिकी सदस्य भगबती चौधरीले बताएकी छन् । आइतबार नगरकोटमा आयोजित न्यायीक कर प्रणालीका नीतिगत वहस कार्यक्रममा सहभागी हुँदै चौधरीले चालू आर्थिक वर्षको बजेटमा सरकारले आम नागरिकका अत्यावश्यक वस्तुहरुमा समेत कर लगाउनु गलत भएको पनि बताइन् । मुल्य अभिबृद्धिकर केही बैज्ञानिक तथा प्रगतिशिल हुँदै..
नेशनल मेडिकल कलेजमा इण्डोमेट्रिओमा भएकी युवतीको सफल शल्यक्रिया
९ पुस, विरगञ्ज । नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । महिनाबारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रिओमा)लाई दुरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको हो । गत बिहीबार कलेजका चिकित्सक डा.प्रविण शाह, डा.रुवी श्रेष्ठ, रेजिडेन्ट डा.सरोज यादव, डा.स्नेहा श्रेष्ठको टीमले लामो समयदेखि इण्डोमेट्रिओमाबाट पिडित युवतीको उपचार गरेको हो । कलैया घर भएकी ती युवती लामो..
बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
९ पुष, सिन्धुली । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। आज (सोमबार) बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा सवार एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ। मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २०..
‘क्रिसमस डे’ को परम्परा र इतिहास
९ पुष । ‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ । क्रिसमस सबभन्दा पहिले ईपू ३३६ अर्थात् चौँथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येसु) ख्रिस्टको जन्म दिवशको अवसरमा २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने घोषणा गरिदिएका हुन् । बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिखको कहीँकतै लिपिबद्ध भएको..
प्रधानमन्त्री ‘प्रचण्ड’ले ‘क्रिसमस डे’का अवसरमा इसाई धर्मावलम्बीलाई दिए शुभकामना
९ पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रूपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र..
विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ संशोधन प्रस्ताव पेस
८ पुष, काठमाडौँ । विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ वटा संशोधन प्रस्ताव पेस गरिएको छ । संसदको शिक्षा समितिमा दफावार छलफलका लागि पेस गरिएको विधेयकको मस्यौदामा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका हुन् । उनीहरूले १ हजार ७५७ विवरणसँग सम्बन्धित रहेर संशोधन प्रस्ताव पेस गरिएको छन् ।समितिमा आइतबारदेखि दफावार छलफल सुरु भएको छ । समितिले क्रमशः संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूलाई बोलाएर छलफल गर्नेछ । आइतबार पहिलो दिनको..
राजतन्त्र फर्काउँछु भन्ने सपना नदेख्न राजावादीलाई ओलीको चेतावनी
८ पुष, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पुर्न राजतन्त्र फर्काउँछु भन्ने सपना नदेख्न राजावादीलाई चेतावनी दिएका छन् । मंसिर १४ गतेबाट सुरु भएर पुस १ गते समापन भएको एमालेको १८ दिने झुलाघाट चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारेमा जानकारी दिन आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम..
राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थलहरू सफल भएनन्ः पर्यटनमन्त्री किराँती
८ पुष, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थलहरू कामयाब हुन नसकेको बताएका छन् । आइतबार बिहान सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफलमा बोल्दै मन्त्री किरातीले आगामी दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने बताएका हुन् । उनले खम्बा विद्रोह देखाएर पर्यटकका लागि निषेधित क्षेत्र गरिएकोमा त्यसको समाधान खोज्नुपर्ने, भैरहवा र पोखरा विमानस्थल पूणर् क्षमतामा..
छानविन समितीद्वारा मीनबहादुर र उनको समूहले एक सय ३८ किलो सुन तस्करी गरेको निश्कर्ष
८ पुष, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानविन समितिले मीनबहादुर घले र उनको समूहले एक सय ३८ किलो सुन तस्करी गरेको निश्कर्ष निकालेको छ । गत मंसिर २२ गते दुवईबाट काठमाडौं आउँदै गरेका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । चन्द्र पक्राउ परेपछि उक्त सुन गोरखाका मीनबहादुर घलेको भएको खुलेको थियो । उक्त घटनाबारे छानविन गर्न भन्सार कार्यालयले बनाएको समितिले दुवईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्ति..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७