दार्चुलामा आगलागी हुँदा ४ महिनाको शिशुको मृत्यु

१२ पुष, दार्चुला । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रनबिर टमटाको घरमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा उनको ४ महिनाको छोरा बिजय प्रकाश टमटाको जलेर मृत्यु भएको हो । आगलागीबाट घर पूणर्रुपमा जलेर नष्ट भएको छ । यसैगरी रूपन्देहीको शुद्धोधन गाउँपालिका-३ स्थित टाइगर बु्रअरी इण्डष्ट्रिज प्रालिको कम्पाउण्डमा पार्किङ गरी राखेको बा.६ च ९०२० नम्बरको कारमा ब्याट्री सर्ट भई बुधबार दिउँसो..

गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार

१२ पुष, काठमाडौँ । काठमाडौँको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका-८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् । उनलाई भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाट अपहरण मुक्त गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले जानकारी दिए । अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरूले..

तहगत अधिकारका बिषयमा छलफल गर्न मुख्यमन्त्रीहरू हेटौँडामा

१२ पुष, हेटौँडा । संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् । संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा समस्या देखिएको समयमा छलफल र संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिने उद्देश्यसहित सातै प्रदेशका मुख्यमन्त्रीहरू आज हेटौँडामा भेला हुने भएका हुन् । सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी आयोजना गरिएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले..

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडाैं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया

१२ पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिष लाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते..

नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई ६ वर्ष १ महिना जेल सजाय

११ पुष, काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाको सजाय निर्धारण गरिएको छ । आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको हो । साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अख्तियारको मागबमोजिम नै उनलाई सजाय..

इलाममा चासोक तङनामः १५ गते राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम

११ पुष, इलाम । किराँतहरूको महान् पर्व चासोक तङनाम अर्थात् ‘न्वागी पूजा’ इलामका विभिन्न स्थानमा धूमधाम साथ मनाइँदै छ । राई, लिम्बु, सुनुवार र याक्खा जातिले मङ्सिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आ-आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्दे मनाइने चलन छ । प्रत्येक वर्ष मङ्सिर पूणर्िमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पूर्णिमा, किराँत याक्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्बुले चासोक र राईले उँधौली पर्वका रूपमा..

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली १ करोड २५ लाख घुस लिएको आरोपमा पक्राउ

११ पुष, पोखरा । सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधवार उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका थिए । १ करोड ५ लाख लिएको बयान सहकारीका अध्यक्ष रमण पौडेलले दिएका थिए ।..

कम्युनिस्टहरू मिल्न नसके ०८४ को चुनावमा धुलोपिठो बनाउँछन्ः झलनाथ खनाल

११ पुष, काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कम्युनिस्टहरू मिल्न नसके ०८४ को चुनावमा धुलोपिठो हुने सम्भावना औंल्याएका छन् । पार्टीको आज बुधवार बाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले ०८४ को चुनाव कम्युनिष्टहरुका लागि राम्रो नहुने संकेत गरेका छन् । ‘कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन सकेनौँ भने ०८४ को चुनावमा वामपन्थीहरुलाई एक्लै बनाएर धुल्याउने योजना छ’, उनले भने, ‘कुन बाटोबाट हुन्छ,..

भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण

११ पुष, बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो । पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । भारतका विभिन्न ठाउँहरूबाट सुदूरपश्चिम प्रवेश गर्नेहरूमध्ये केहीमा कोभिड सङ्क्रमण देखा पर्न थालेको उनले बताए..

शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइयो लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम

११ पुष, शिवसताक्षी । लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ । प्रकृतिक पुजकको रुपमा मान्दै आएको चासोक तङ्नाम (न्वागी पुजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको हो । किराँत याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समितिको आयोजनामा निर्माणधिन दुधे रंगशालामा चासोक तङ्नाम पर्व मनाइएको किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका विरबल जवेगुले बताए । चासोक तङ्नाम कार्यक्रममा बोल्दै संघीय सांसद एलपी साँवा लिम्बुले सबै समुदायहरुलाई एकै स्थान जम्मा..