प्रधानमन्त्री प्रचण्डले बोलाए आकस्मिक बैठक

काठमाडौं,१४ पुस । मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यायलमा बैठक केहिबेरमा बस्नेछ ।

आजको बैठकमा शुक्रबार ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षाबाट बञ्चित युवाहरुको प्रदर्शनका क्रममा भएको झडपमा ज्यान गुमाएका २ जना र घाइते भएकाहरुको परिवारलाई क्षतिपूर्ति दिनेबारेमा निणर्य हुनेछ ।

बालकुमारीमा शुक्रबार आन्दोलनकारीले यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीले गोली चलाउँदा २ जनाले ज्यान गुमाएका थिए ।

यसैबीच सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका सुजन राउत र वीरेन्द्र शाहको परिवारलाई जनही १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बिहान सुरक्षा निकायका अधिकारीसँगको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुन् । दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकले थप निर्णय गर्नेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270