मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्छ भन्दै वीरेन्द्रनगरमा आन्दोलन

मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्छ भन्दै वीरेन्द्रनगरमा आन्दोलन

१४ पुष, सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि शनिबार वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन सुरु भएको छ । दैलेखलगायत कणर्ालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन थालेका हुन् ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो ।

‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरिचोकबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरिरहेका छन् ।

उनीहरुले रोजगारीका लागि विदेश जान्छुभन्दा पनि राज्यकै कारण युवाहरुको ज्यान गएको बताए ।

आन्दोलनमा सहभागी दैलेखका नवीन योगीले गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन स्थगित नहुने बताए । ‘यो अहिले सांकेतिक रुपमा मात्रै हो, यो सरकारले आफू बिरामी भएको नाटक गरिरहे हामी चर्को विद्रोह गर्न बाध्य हुने छौँ,’ उनले भने, ‘मृत्यु भएका दुई जनालाई सहिद घोषणा गर्नुपर्छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270