झापामा प्रतिबन्धित लागू औषधसहित २ जनालाई नियन्त्रण

१४ पुष, झापा । नेपाल प्रहरीले प्रतिबन्धित लागू औषध र ओसारपसार गर्न प्रयोग भएको एक मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

गए राति झापाको मेचीनगर नगरपालिका-१३ चारआली चोक स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे।५ प.३६४८ नं.को मोटरसाइकल चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं।११ बस्ने वर्ष अन्दाजी २९ का मनिस मोक्तान र सोही मोटरसाइकल पछाडि सवार ३७ वर्षीय रीग बहादुर दर्जीलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर १०० ग्राम १५० मिलिग्राम फेला परेकोले मोटरसाइकल सहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270