समाचार
केबलकार निर्माणविरुद्धको रिट संयुक्त इजलासमा
८ फानुग, काठमाण्डौँ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा केबलकारको निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन पेशी चढेको छ । न्यायाधीशद्धय डा.कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज रिटको सुनुवाई हुने भएको हो । किरात याक्थुङ चुम्लुङका प्रतिनिधि आईन्द्रकुमार लिम्बुको वारिस अमृता थेबेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार समेतलाई विपक्षी बनाउँदै गत माघ १८ गते रिट दायर गरेकी थिइन् । सो रिट यसअघि दुईपटक हेर्न..
मोदीसंग भेट नहुने भएपछि देउवाको भारत भ्रमण रद्द
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम समयमा उनको भ्रमण स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुष्टि गरे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा सहभागी हुन जान लागेका थिए । दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्ने समय नपाएपछि उनको भ्रमण..
फाकफोकथुममा एमालेको जरा केन्द्रीत प्रशिक्षण कार्यक्रम सम्पन्न
७ फागुन, इलाम । नेपाल कम्युनिस्ट पार्टी एमाले फाकफोकथुम गाउँ कमिटीकाे दाेस्राे पुर्ण तथा विस्तारित वैठक सम्पन्न भएकोछ । बैठक संगै ३ महिने जरा केन्द्रीत पालिका स्तरीय अनुशिक्षण कार्यक्रम समेत सम्पन्न भएको एमाले फाकफोकथुमका अध्यक्ष अर्जुन योङ्हाङले जानकारी दिनुभयो । बैठकले नेकपा एमाले फाकफाेकथुम गाउँकमिटीकाे वार्षिक कार्ययोजना पारित गरेको उहाले बताउनुभयो । पालिकाकाे ४२ वटा टाेल कमिटीहरुकाे ईन्चार्जकाे जिम्मेवारी प्रदान गर्ने निर्णय साथै अन्य धेरै महत्त्वपूर्ण र दुरगामी महत्व..
दमकमा पहिलो माटाडोर ब्रोदर्स फुटसल प्रतियोगिता हुदै
फागुन ६, दमक । झापाको दमकमा पहिलो माटाडोर ब्रोदर्स फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिता दमकका स्थानीय खेलकुद प्रेमी युवाहरुको समूह माटाडोर ब्रोदर्स एफसिको आयोजनामा हुन लागेको हो । दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसल कोर्टमा हुने प्रतियोगिता फागुन १६ र १७ गते दुइ दिन सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ७५ हजार पाँच सय ७५ रुपैयाँ र उपविजेताले नगद ३५ हजार पाँच सय पैतिस रुपैयाँ नगद..
‘जनै’ लाउने देखी ‘सहनाई’ फुक्नेसम्मको पहिचानको सुरक्षा हुनुपर्छः प्रविण चाम्लिङ
३ फागुन, झापा । जनता समाजवादी पार्टी नेपालका पूर्व प्रदेश नं. १ समितीका अध्यक्ष प्रविण चाम्लिङ नेकपा माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्र दमक नगर अधिवेशनको उद्घाटन समारोहकाबीच पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उहाँलाई खदा र रुद्राक्षको माला लगाईदिएर पार्टी प्रवेश गराउनुभएको हो । गणतन्त्रको संवाहक नै माओवादी १० बर्षे जनयुद्ध आन्दोलन रहेको र यो व्यवस्थाको संरक्षण गर्न माओवादी पार्टी मात्रै ईमान्दार रहेको निश्कर्ष सहित आफु..
संविधानमा महिला, दलित र आदिवासीलाई अधिकार दिएको ओलीलाई मन परेको छैनः प्रचण्ड
३ फागुन, झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा पुग्ने वित्तिकै संविधानलाई च्यात्न प्रयास गरेको बताउनुभएको छ । नेकपा माओवादी दमक नगर कमिटीको अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले प्रधानमन्त्री ओली संविधानलाई च्यात्न उद्धत रहेको अरोप लगाउनुभएको हो । नेपालमा गणतन्त्र र संघियता ओलीले कहिल्यौ पनि नचाहेको प्रचण्डको भनाई थियो । तर नचाहँदा–नचाहदँै बाध्य भएर यो व्यवस्था मान्न परेको भनेर केही अगाडीले ओली..
बेबारिसे अवस्थामा फेला परेको काठ बन कार्यालयलाई बुझाईयो
१ फागुन, झापा । झापाको दमक नगरपालिका–१ कुमाल चौंकमा बेबारिसे अवस्थामा फेला परेको अवैध काठसहित ट्याक्टर दमक प्रहरीले आज बन कार्यालयलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार मंगलवार करिव ७ वजेतिर वेलडाँगीबाट दमक तर्फ आउँदै गरेको को २ त २०७ नं. को ट्याक्टरसहित सिसौ, टिक जातका गोलाई काठहरु नियन्त्रणमा लिएको थियो । प्रहरीको गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा फेला पारिएको काठसहित ट्याक्टरलाई आवश्यक कारवाहीका लागि दमकको बेलडाँगीस्थित डिभीजन..
पवित्रहाङमा गोल्डकप: दार्जिलिङ पराजित, रोयल बन्यो सेमिफाइनल पुग्ने अन्तिम टोलि
माङसेबुङ, माघ २८ । इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङमा सुरु भएको 'पवित्रहाङमा गोल्ड कप २०८१' अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा रोयल स्पर्टिङ क्लब दमक विजयी भएको छ । दार्जिलिङ भारतको दिव्यशक्ति धोत्रेलाई ३-० गोल अन्तरले हराउदै सेमिफाइनल प्रवेश गरेको हो । यस सँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा सोमबार भएको खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ३५औं..
झापाका विद्यार्थीहरुले बनाए विजुलीबाट चल्ने मोटरसाइकल
२८ माघ, झापा । झापा शिवसताक्षीका एक सामुदायिक विद्यायलका विद्यार्थीहरुले विजुलीबाट चल्ने मोटरसाइकल निर्माण गरेका छन् । शिवसताक्षीको दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन विद्यार्थी र स्थानीय क्याम्ब्रिज अंग्रेजी माविमा अध्ययन गर्ने एकजना विद्यार्थीहरु मिलेर इभी मोटरसाइकल निर्माण गरेका हुन् । विद्यार्थीहरुले श्री राष्ट्रिय रमणीय आदर्श मावि ५५ औं वार्षिकोत्सव पारेर उक्त मोटर साइकल सार्वजनिक गरेका थिए । श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक..
आदिवासी रंगशालामा बहुचर्चित कर्म व्याण्डको कन्सर्ट हुँदै
२६ माघ, झापा । महाशिवरात्रीका अवसर पारेर यहि फागुन १४ गते झापाको कमल गाउँपालिका –५ स्थित आदिवासी रंगशालामा ‘कर्म वैण्ड ’ ले म्युजिकल कन्सर्ट वैण्ड कुटुम्बका साथमा सांगीतिक प्रस्तुति दिने भएको छ । यात्रा पूर्वको टाइटलका साथमा चर्चित सांगीतिक समूह कर्म बैण्डले कटुम्बका साथमा लाइभ कन्सर्टको आयोजना गरेको हो । कन्सर्टमा दश हजार दर्शकले साथ दिने अनुमान छ । कन्सर्ट इभेन्ट्स मेनेजमेन्ट एशोसिएसन अफ नेपाल (इमान) कोशी प्रदेश कमिटीले स्थानीय..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७