समाचार
नो केवलकार समुह र गृहमन्त्रीबीच आज छलफल हुने
काठमाडौँ- ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबारको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ । “वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भन्नुभयो । वार्तापछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीले समस्याको समाधानका लागि..
सत्ताइस वर्षपछि दिल्लीमा भाजपा
काठमाडौँ, माघ २७ गते । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली विधान सभा निर्वाचनमा शनिबार बहुमत हासिल गरेपछि भारतीय जनता पार्टीलाई दिल्लीमा राज गर्ने बाटो खुलेको हो । सन् १९९८ पछि लगातार हार बेहोर्दै दिल्ली राजबाट वञ्चित रहेको भारतीय जनता पार्टी यस पटकको विधान सभा निर्वाचनमार्फत आफ्नो बहुमत सुनिश्चित गरेको हो । यसअघि लगातार दुई कार्यकाल दिल्ली शासन चलाएको आम..
‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान
२७ माघ, झापा । स्वास्थ्य बिमामा नसमेटिएकाका लागि औषधिमा सहुलियत पुर्याउने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिका–३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान सावित भएको छ । आर्थिक वर्ष २०८०।८१ को पुसबाट सुरु भएको सो कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या २८ हजार नाघेको वडाध्यक्ष सीताराम भट्टराईले बताउनुभयो । वडामा रहेको खुदुनाबारी स्वास्थ्य चौकीमार्फत यो कार्यक्रम सञ्चालन गरिएको छ । बिमामा नपाइने अर्थात बिरामीले खरिद गर्नुपर्ने औषधिमा स्वास्थ्य चौकीले ७५..
पवित्रहाङमा गोल्ड कप २०८१: दिपेन्द्र शिखर इलाम सेमिफाइनलमा प्रवेश
माङसेबुङ, माघ २५ । इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङमा सुरु भएको 'पवित्रहाङमा गोल्ड कप २०८१' अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा दिपेन्द्र शिखर फुटबल क्लब इलाम विजयी भएको छ । मिक्लाजुङ फुटबल क्लब पाँचथरलाई २-० गोल अन्तरले हराउदै शिखर सेमिफाइनल प्रवेश गरेको हो । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा शनिबार भएको खेलमा सजिना कोइराला र स्वस्तिका विकले समान एक गोल गर्दै शिखरको जित दर्ता गरेका थिए । खेलको पहिलो..
दमकको विलिभर्स चर्चमा दुई जनाले पास्टरको दावि गरेपछि तालाबन्दी, दुबै पक्ष न्याय माग्दै
झापा – दमक नगरपालिका-३ बेलडाँगीस्थित बागखोर चोकमा रहेको यरुशलेम बिलिभर्स इस्टर्न चर्चमा तालाबन्दी छ । पुस १० गते विश्वभर क्रिसमसको रमझम हुँदा त्यहाँको बिलिभर्स चर्चको मुल ढोका बन्द थियो । विश्वासीहरुबीचको आन्तरिक विवादले चर्च बन्द भएको हो । बिलिभर्स चर्च झापाका संयोजक रेभ. फादर जगत बहादुर वाग्लेका अनुसार बेलडाँगीको बिलिभर्स चर्च हडप्ने प्रयास भइरहेको छ । चर्चको सबै भौतिक संरचनादेखि अन्य सम्पत्तिहरु कब्जा भएको उनको भनाइ छ । ‘हामी विश्वासी..
‘एसियन हाइवे’ निर्माणले गति लिदै, १२ प्रतिशत काम सकियो
२५ माघ, झापा । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा..
प्रेस चौतारी झापाको पत्रकार उपचार कोषमा एकै दिन ९२ हजार सहयोग जुट्यो
२४ माघ, झापा । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा एकै दिन ९२ हजार रुपैयाँ सहयोग जुटेको छ । प्रेस चोतारी नेपाल झापाले मंगलवार दोमुखामा आयोजना गरेको २७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ९२ हजार ५ रुपैयाँ जुटेको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा ५१ हजार रुपैयाँ उपचार कोषलाई सहयोग गर्ने घोषणा गर्नुभयो..
पाथीभरा केबलकार विवाद; दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
काठमाडौँ । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीबिचको छलफल सकारात्मक रहेको छ । सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको हो । मंगलबार पुनः बैठक बस्ने सहमति भएको आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले जानकारी दिए । उनले भने, ‘आज टंगोमा पुग्न सकिएन । भोलि ११ बजे पुनः वार्ता गरौँ भनेका छौँ ।’ संयोजक तुम्याहाङले आफूहरूले..
धरानबाट पक्राउ परेका ६ जनालाई म्याद थप, आन्दोलनकारी सामुहिक गिरफ्तारी दिन इलाका पुगे
धरान । मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा आइतबार धरानबाट पक्राउ परेका ६ जनालाई प्रहरीले म्याद थप गरेको छ । हिजो आइतबार साझ नै छोड्ने समझदारी भए पनि प्रहरीले सुमन चेम्जोङसहित ६ जनालाई छोडेन । आज सोमबार दिउसो छोड्ने आश्वासन पाए पनि पक्राउ परेकाहरुलाई प्रहरीले ७ दिनको म्याद थपेको छ । म्याद थप गरेको जानकारी पाए पछि अहिले सयौंको संख्यामा आन्दोलनकारीहरु इलाका प्रहरी कार्यालय धरानमा पुगेका छन् । भानुचोकमा दोस्रो दिनको ९..
मुक्कुमलुङमा केबलकार निर्माण कार्य रद्द नभएसम्म आन्दोलन जारी रहन्छः राजेन्द्र महतो
काठमाण्डौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरास्थित मुक्कुमलुङमा केबलकार निर्माण कार्यको सम्झौता रद्द नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । माइतीघरमा सोमबार मुक्कुमलुङ संरक्षण संघर्ष समितिको आयोजनामा आयोजित प्रदर्शन कार्यक्रममा उनले मुक्कुमलुङको सांस्कृतिक भूमि संरक्षण गर्न शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका आन्दोलनकारीलाई प्रहरी प्रशासनले छाती र तिघ्रामा गोली हानेर घाइते बनाएको बताउँदै लिम्बुवानलाई स्वायत्त बनाउनुपर्ने माग गरे । उनले भने,‘यो देश लिम्बुको हो कि होइन रु हो..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७