समाचार
दमक नगरपालिकाको कार्यालयमा सामुदायीक विद्यालयको तालाबन्दी
२३ वैशाख, झापा । झापाको दमक नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । तालाबन्दी दमक–९ को समुदायीक विद्यालय सरस्वती माविले गरेको हो । आफ्नो विद्यालयको नाममा दमक–८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन हुँदा पनि नगरपालिकाले नहटाएको भन्दै सरस्वती माविले मंगलबार तालाबन्दी गरेको हो । विद्यालयको नाममा जग्गामा गडमदर एकेडेमी एन्ड टेक्नोलोजी नामक निजी विद्यालय सञ्चालन भइरहेको छ । सो विद्यालयलाई नयाँ शैक्षिकसत्रदेखि हटाउने गरी गत भदौमा दमक नगरपालिकाले निर्णय..
झापामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु
२३ वैशाख, झापा । झापा जिल्लामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ सय ६६ सवारी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नौ महिनामा दुर्घटनामा परी एक सय १७ जना घाइते, एक हजार ४२७..
झापाको महारानीझोडाको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना
२३ वैशाख, झापा । झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरूले सम्हाल्दै आएका छन् । कृषकहरूलाई आर्थिक रूपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने सोचका साथ सहकारीले २०७० मा गौरादह–५ का ८१ परिवारको ८० बिघा जग्गा समेटेर..
रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाएनन्
५ वैशाख, झापा । झापाको कमल गाउँपालिका केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् । उक्त आयोजनामा स्थायी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त हुँदा कार्यक्रम स्वीकृत हुन सकेका छैनन् । “समितिअन्तर्गतको आयोजना भएकाले..
मेयरले उद्घाटन गरेको सैलुनमा गर्मी भएपछि एसी दिन हेटौँडा उपमहानगरको तोक
हेटौँडा । स्थानीय सरकारले गरेका कतिपय निर्णय या तोकादेश चर्चाको विषय बन्ने गरेको छ । यस क्रममा हेटौँडा उपमहानगरपालिकाले तोक आदेश गरेको एउटा विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । यो विषयको सुरुवात हुन्छ एउटा सैलुनको उद्घाटनबाट । हेटौँडा-४ मा सुरु गरिएको द नाइन्टिन सैलुनको उद्घाटन गर्न पुगेकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले उद्घाटनको क्रममा ‘यहाँ गर्मी रहेछ, एसी जडानको लागि उपमहानगरपालिकाको तर्फबाट सहयोग गर्छु’ भन्ने वाचा गरेकी थिइन्..
भुटानी पूर्व राजबन्दी रामबहादुर राईको ‘आरन’
दमक, झापा —भुटानको जेलमा ३१ वर्ष १० महिना बित्यो ६६ वर्षीय रामबहादुर राईको । करिव ३२ वर्षपछि उनी फर्किएका हुन् दमकको बेलडाँगी शरणार्थी शिविर। देशद्रोह लगायतका दर्जनौँ झुठा मुद्दा खेपेर राई १० महिनाअघि छुटे। भुटानमै बस्ने चाहना थियो । तर, भुटानी सत्ताले दिएन। बरु चाँडै भुटान छाड्न धम्कीपूर्ण आदेश फर्मान गर्यो। भारत हुँदै जसोतसो आइपुगे बेलडाँगी शिविर । शिविरमा न श्रीमती न त छोराहरू। जेठी छोरी र ज्वाईको सहयोगमा उनलाई शिविरभित्रै..
सुखानी वन क्षेत्र नयाँ प्रजातीको ‘भिओलेट कुक्कू’ नामको चरा भेटियो
३ बैशाख, झापा । नेपालको लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । इलाम र झापाको सिमामा समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्र ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देख्नुभएको थियो । सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्काे..
आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति कांग्रेसमा बढ्यो : परराष्ट्रमन्त्री
इलाम- परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताएकी छिन्। इलामको श्रीअन्तुमा आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताइन्। उनले भनिन्, “आफूले..
रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा तोडफोड, आगजनी, हत्या, हिंसाजस्ता कुराहरू स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा देखिएको दृश्यको व्याख्या गर्दै यस्तो बताएका हुन् । ‘जनतालाई भड्काएर आफ्नो दुनु सोझो पार्न खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काउँछौं भन्नेहरू, उल्किन कति सकेको ?,’ प्रधानमन्त्री..
दमक क्याम्पसमा स्ववियु समानुपातिक उम्मेदवारको नाममा लफडा, विद्यार्थीले प्रमुखको कुर्सी झुण्ड्याए
२८ चैत, झापा । दमक क्याम्पसको स्ववियु निर्वाचन समितिले समानुपातिक तर्फको नाम अबैधानिक ढंगले टुङ्याएको भन्दै अनेरास्ववियुका बिद्यार्थीले दमक क्याम्पस प्रमुखको कुर्सी गेटमा झुण्ड्याएका छन । उनिहरुले समानुपातिक तर्फको उक्त नाम तुरुन्त सच्याउन माग गरेका छन । यसअघी पनि सो नाम सच्यान माग गर्दै उनिहरुले निर्वाचन समितीको कार्यलय र क्याम्पस प्रमुखको कार्यलयमा ताला लगाएका थिए । क्याम्पस इकाई समितीले सिफारिस गरेको नाम भन्दा फरक नाम निर्वाचन समितीले प्रकाशन गरेपछी निर्वाचन..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७