झापाका विद्यार्थीहरुले बनाए विजुलीबाट चल्ने मोटरसाइकल

झापाका विद्यार्थीहरुले बनाए विजुलीबाट चल्ने मोटरसाइकल

२८ माघ, झापा । झापा शिवसताक्षीका एक सामुदायिक विद्यायलका विद्यार्थीहरुले विजुलीबाट चल्ने मोटरसाइकल निर्माण गरेका छन् ।

शिवसताक्षीको दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन विद्यार्थी र स्थानीय क्याम्ब्रिज अंग्रेजी माविमा अध्ययन गर्ने एकजना विद्यार्थीहरु मिलेर इभी मोटरसाइकल निर्माण गरेका हुन् ।

विद्यार्थीहरुले श्री राष्ट्रिय रमणीय आदर्श मावि ५५ औं वार्षिकोत्सव पारेर उक्त मोटर साइकल सार्वजनिक गरेका थिए ।
श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रशन्न दवाडी, सन्देश बराल, निशान शकर र क्याम्ब्रिज विद्यालय कक्षा ८ मा अध्ययनरत उज्ज्वल घिमिरेले मोटरसाइकल निर्माण गरेका हुन् ।

विद्यार्थीहरुले निर्माण गरेको मोटरसाइलमा पुरानो बाइकको चेचिस, पांग्रालगायतको सामाग्रीहरु प्रयोग गरिएको छ । मोटरसाइकलको अगाडी डिक्स ब्रेक र डिजिटल डिस्पेले समेत रहेको विद्यार्थी प्रशन्न दवाडीले बताउनुभयो । मोटरसाइकल प्रति घण्टा ४७ किलोमिटरको स्पिड सम्म कुदाउन मिल्छ । उहाँले भन्नसभयो, “हामीले यो पाँच दिन लगाएर निर्माण गरेका हौ । जसमा भएको व्याट्रीले मोटर चलाउनछ र इलेक्टोनिक्स डिभाइस मार्फत मोटरको पावर सन्तुलन मिलाई मोटरसाइक्ल गुड्ने गर्छ ।” मोटरसाइकल स्थानीय ग्यारेजमा निर्माण गरिएको विद्यालयले जनाएको छ । मोटर साइकल निर्माण गर्न शिवसताक्षी नगरपालिकाले प्रत्साहन स्वरुप १७ हजार प्रदान गरेको विद्यार्थी सन्देश बरालले जानकारी दिनुभयो ।

मोटरसाइल फुल चार्ज गर्न २ घण्टा लाग्ने सेन्सर सहितको भएको बरालले बताउनुभयो । चार जना विद्यार्थीले गएको वर्ष चार पाङ्ग्रे गाडी समेत निर्माण गरेका थिए । त्यही गाडीको पुराना सामानहरुको सहयोगमा मोटर साइकल निर्माण गरेको उनीहरुको भनाई छ ।

मोटरसाइकल सार्वजनिक गर्दा, मोटर साइकल निर्माण गर्ने विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उनीहरुको कामलाई प्रशंसा गर्नुभइको थियो । नगरप्रमुखले उक्त मोटरसाइकल समेत कुदाउनुभएको थियो ।

मोटरसाइकल निर्माण गर्ने चार जना विद्यार्थीहरुलाई दूधे माविका पूर्व प्रधानाध्यापक कालीप्रसाद रिजालले आफ्नो जन्म दिनको अवसर पारेर नगद रकम प्रदान गर्नुभएको छ । उहाँले आफु ६० औ वर्ष पुगेको र जीवनका ३५ औं वर्ष यस विद्यालयमा अध्यापन गराएकाले विद्यालयमा अध्ययनरत इलेक्ट्रोनिक्स मोटर साइकल बनाउने ४ जना प्रतिभावान विद्यार्थीहरुलाई प्रात्साहन स्वरुप नजही ५ हजार र विद्यालयका जेहेन्दार अतिरिक्त क्रियाकलपमा अग्रणी भुमिका खेल्ने विराट लामगादेलाई ५ हजार गरी जम्मा २५ हजार प्रदान गरेका बताउनुभयो । नयाँ सोच र नयाँ काम गर्ने चाहने विद्यार्थीहरुलाई सँधै हामीले हौसला प्रदान गर्दै अगाडी बढाउनु पर्ने उहाँको भनाई थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर