२६ माघ, झापा । महाशिवरात्रीका अवसर पारेर यहि फागुन १४ गते झापाको कमल गाउँपालिका –५ स्थित आदिवासी रंगशालामा ‘कर्म वैण्ड ’ ले म्युजिकल कन्सर्ट वैण्ड कुटुम्बका साथमा सांगीतिक प्रस्तुति दिने भएको छ ।
यात्रा पूर्वको टाइटलका साथमा चर्चित सांगीतिक समूह कर्म बैण्डले कटुम्बका साथमा लाइभ कन्सर्टको आयोजना गरेको हो । कन्सर्टमा दश हजार दर्शकले साथ दिने अनुमान छ ।
कन्सर्ट इभेन्ट्स मेनेजमेन्ट एशोसिएसन अफ नेपाल (इमान) कोशी प्रदेश कमिटीले स्थानीय व्यवस्थापनमा कन्सर्ट हुने भएको र आवश्यक तयारी तीव्र पारिएको कन्सर्टका मिडिया कोअर्डिनेटर धिरज श्रेष्ठले बताउनुभयो ।
दशकौं अघिवाट सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल कर्माले पूर्वमा पहिलोपटक आफनो प्रस्तुति दिन लागेको हो । लोक रकलाई विशेष प्राथमिकताका साथ आफ्नो सांगीतिक खुराक पस्कने यस बैण्डको ‘हुक्का मेरो , कहाँ होला घरवार , को है तिमी , छैन मैले , नयाँ सपना नयाँ सहर ’जस्ता दर्जनौ हिट गीतहरु रहेका छन् ।
कर्मा बैण्डको सवै प्रस्तुति सवै उमेर समूहका श्रोता तथा दर्शकहरुले मन पराउने छन् । कर्माको स्वदेशसंगै विदेशसम्म उस्तै क्रेज रहेको छ ।
कन्सर्टका बारेमा आयोजक संस्थाले पत्रकार सम्मेलन गरि तयारी तीव्र पारिएको कन्सर्टका मिडिया कोअर्डिनेटर श्रेष्ठले बताउनुभयो ।