११ माघ, काठमाण्डौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा चुनावमा भोट नहाल्ने भएका छन् । बाग्मती प्रदेशको मतदाता रहेका उनी हेटौंडामा जारी मतदान प्रक्रियामा सहभागी नभएका हुन् । कार्यव्यस्तताका कारण मेयर भोट हाल्न जान नभ्याउने उनको सचिवालयले जानकारी दिएको छ ।
उपमेयर सुनिता डंगोल भने हेटौँडा पुगिसकेकी छन् ।
राष्ट्रिय सभामा रिक्त १९ सदस्य निर्वाचित गर्न अहिले सातै प्रदेशमा मतदान भइरहेको छ । प्रदेश सभा सदस्य र गाउँ पालिकाका अध्यक्षरउपाध्यक्ष तथा नगरपालिकाका मेयररउपमेयर राष्ट्रिय सभा चुनावका मतदाता हुन् ।