सोलार प्यानल मार्फत झापामा १० मेघावट बिद्युत उत्पादन सुरु

सोलार प्यानल मार्फत झापामा १० मेघावट बिद्युत उत्पादन सुरु

२० पौष, झापा । झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट विद्युत उत्पादन शुरु भएको छ । १० मेघावट बिद्युत उत्पादन गर्ने क्षमता रहेको परियोजनाले अहिले ६ मेघावाट विद्युत उत्पादन गरिरहेको छ ।

झापाको शिवसताक्षी नगरपालिका–४ मा रहेको परियोजना नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो । सोलार प्यानलमार्फत उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सवस्टेशनमा जोडिएको छ । यहाँबाट उत्पादित बिजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन शुरु भइरहेको भट्टराईको भनाइ छ ।

परियोजनाको उद्घाटन एमाले अध्यक्ष ओलीले २३ माघमा गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनको आयोजना गरी सञ्चालक भट्टराई बताउनुभयो ।

परियोजनामा ८० करोड लगानी छ भने २७ बिगाह जमिनमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको छ । आयोजना र प्राधिकरणबीच २०७८ मंसीर १२मै विद्युत खरिद, बिक्री प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक नारायण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

झापा क्षेत्र नम्बर ४का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको सक्रियतामा चार वर्षअघि शुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास २०७८ सालमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुभएको थियो ।

कम्पनीका अध्यक्ष साँवाले नेपालमा विद्युत ऊर्जा उत्पादनको ११४ बर्षमा तीन हजार मेघावाट मात्र उत्पादन भइरहेको भन्दै यो प्लान्टले नेपालको ऊर्जा क्षेत्रमा एउटा नयाँ आयाम थपेको दावी गर्नुभयो ।

नेपाल बिद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परीक्षण प्रशारणको ३५ दिनमा ८ लाख वाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको जनाए । उनले हाल ६ मेघावाट बिद्युत राष्ट्रिय प्रशारण लाइनमा थप भए पनि मौषम सफा भएको समयमा पूर्ण क्षमतामा उत्पादन हुने बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270