समाचार
दमक र कनकाईबाट ब्राउनसुगर सहित पाँच जना पक्राउ
६ चैत, दमक । झापाको दमक र कनकाईबाट लागुऔषध ब्राउनसुगर र औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका ६ बजे झापाको दमक–८ मा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय शेखर परियार र २१ वर्षीय रोहित साहलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद गरी पक्राउ गरेको छ..
शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु
६ चैत, दुधे । झापाको शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथसाथै प्यारापिटको काम पनि एकै पटक अघि बढाएको हो । नगरपालिकाले २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि रंगशाला निर्माणमा जुटेको थियो । रंगशाला शिवसताक्षी नगरपालिका वडा नं। ११ स्थित दूधोमा ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको छ जसमा कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको..
सत्ता गठबन्धनमा आबद्ध दलहरूको साझा न्यूनतम कार्यक्रम आज २ बजे सार्वजनिक गरिने
६ चैत, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूको साझा न्यूनतम कार्यक्रम आज दिउँसो २ बजे सार्वजनिक गरिने भएको छ । आजै बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो कार्यक्रम सार्वजनिक गर्ने तय थियो । समय परिवर्तन गरेर दिउँसो २ बजे मात्र कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी गराएको छ । यसअघि, हिजो नै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भनिएको थियो । गएको शनिबार सत्ता..
इटहरी गोल्डकपको १४औँ संस्करण चैत १० गतेदेखि
६ चैत, इटहरी । इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औँ संस्करण चैत १० गतेदेखि हुने भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपीएफ र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। आयोजक राष्ट्रिय जागृति क्लब इटहरीका अनुसार प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ। इटहरी रंगशालामा हुने खेलहरु फ्लड लाइटको प्रयोग गरी रात्रिकालीन हुने जनाइएको छ। प्रतियोगितामा भारतीय एक टोलीसहित ८ वटा टोलीले सहभागिता जनाउने निश्चित भएको छ। दोस्रो..
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदै
६ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने उल्लेख छ । यो कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा..
दुर्गा प्रसाईंको दाविः बरामत हतियारको लाइसेन्स छ
५ फागुन, काठमाण्डौँ । दुर्गा प्रसाईंका बडिगार्डको साथबाट बरामद हतियार जर्मन स्पोर्टस गन ९जीएसजी(५० भएको पाइएको छ । प्रहरीका अनुसार अर्मेरिया पारिनी एसआरएल(इटाली, मेडन इन जर्मनी(जीएसजी(५ लेखिएको हतियार बरामद भएको हो । हतियारका साथमा २(२ वटा सानो र ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउन्ड गोली बरामद भएको सर्वोच्च अदालत सुरक्षा स्रोतले जानकारी दियो । सन् २००७ मा उत्पादन सुरु भएको यो हतियार रिमफायर ‘सेमिअटोमेटिक’ राइफल समूहमा पर्छ । प्रसाईंले..
कोशी प्रदेशमा आगलागीबाट तीन सातामा दुई सय घर जले
५ चैत। कोशी प्रदेशमा फागुनयता आगलागीको घटना अचाक्ली बढेको छ । आगलागीका कारण सयौं मानिस घरबारविहीन बनेका छन् भने करोडौंको क्षति भएको छ । तर, सरकारले आगलागी पीडितहरुको लागि उचित राहात र उद्धारमा ध्यान दिन सकेको छैन । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार शनिबार र आइतबार दुई दिनमा मात्रै ४५ वटा आगलागीका घटना भएका छन् । त्यसमध्ये भोजपुरको हतुवागढीमा भएको आगलागीमा ३ जना बालबालिकाको ज्यान गएको छ ।..
नेवि संघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला
५ फागुन, काठमाण्डौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । संघको चावहिलस्थित पशुपति क्याम्पस इकाइ समितिले राजधानीमा पुत्ला जलाएका हुन् । उनीहरूले चर्को नाराबाजी गर्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । गृहमन्त्रीले सहकारीको रकम अपचलन गरेको संघको आरोप छ । प्रदर्शनकारीहरुले ‘पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरेका थिए ।
चुलाचुलीमा आधारभूत पत्रकारिता तालिम सुरु
५ चैत, इलाम । इलामको चुलाचुली गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । तीनदिने तालिममा गाउँपालिकाका करिब २५ पत्रकारको सहभागिता छ । तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पालिकाले स्थानीयस्तरमा उत्पादनका कार्यक्रमलाई प्रोत्साहन गरिरहेको बताए । ‘उत्पादनको काम पालिकाका लागि दीर्घकालीन हुन्छ, त्यसमा पत्रकारिताले भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘निश्चित मान्यता र इथिक्समा पत्रकारिता गर्न तालिमले सहयोग गर्छ ।’ उनले कुनैपनि तालिम तालिममा मात्र सीमित हुन नहुने पनि..
पूर्व सभामुख महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो
५ फागुन, काठमाण्डौँ । पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । आज सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७