मधेशमा कांग्रेस मन्त्री बर्खास्त गर्दै एमाले नेता यादवलाई मन्त्री नियुक्त

५ चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् । सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री नियुक्त भएका मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् । मधेश सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री छन् ।..

दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ

५ फागुन, काठमाण्डौँ । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्ने दीपक खड्का र रामकुमार धिमाल रहेका छन् । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको सा्रेतले बताएको छ । प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई गाडीसहित सर्वोच्च पुगेका थिए ।  

दीपक मनाङेले लिए भौतिक पूर्वाधारमन्त्रीको शपथ

५ चैत, पोखरा । गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले मन्त्री पदको शपथ लिएका छन् । सोमबार उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बने पनि गण्डकीमा नेपाली कांग्रेसले प्रदेशसभामा आफैं बहुमत पुर्‍याउने गरी तयारी गरिरहेको छ । त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रुपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाएका हुन् ।..

एन्फा महिला लिग छनोटको मिति परिवर्तन, चैत २५ गतेदेखि वैशाख १ गतेसम्म

५ चैत, काठमाडौँ । एन्फा महिला लिग छनोटको मिति परिवर्तन भएको छ। वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने कार्यक्रमसँग समयतालिका जुधेसँगै महिला लिग छनोट दुई साता पर धकेलिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो। वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले चैत २५ गतेदेखि वैशाख १ गतेसम्म अन्तरप्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी गरेको छ। यसअघि महिला लिग छनोट चैत्र २३ गतदेखि हुने तय थियो। अब वैशाख ७ गतेबाट..

एट्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा

५ चैत । एट्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। सोमबार राति सम्पन्न खेलमा घरेलु टोलीलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो। बार्सिलोनाको जितमा जोओ फेलिक्स, रोबर्ट लेवान्डोस्की र फेर्मिन लोपेजले १र१ गोल गरे। खेलको ३८औँ मिनेटमा फेलिक्सले गोल गर्दै बार्सिलोनालाई शुरूआती अग्रता दिलाएका थिए। जारी सिजनमा उनको यो छैटौँ गोल हो। दोस्रो हाफको शुरूआती दुई मिनेटमै लेवान्डोस्कीले टोलीको..

एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

५ चैत । फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा मोन्टपेलिअरलाई पराजित गरेको छ। मोसन स्टेडियममा आइतबार राति समपन्न खेलमा पीएसजीले घरेलु टोली मोन्टपेलिअर ६–२ गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा एम्बाप्पेले ह्याट्रिक गरे। भिटिन्हा, ली कान इन र नुनो मेन्डिसले १र१ गोल गरे। मोन्टपेलिअरका अर्नाउड नोर्डिन र तेजी टेडीले गोल गरेका थिए। पीएसजीले खेलको १४औँ मिनेटमा भिटिन्हाको गोलमा अग्रता लिएको थियो। २२औँ मिनेटमा एम्बाप्पेले..

व्यावसायिक कफी खेती गर्दै माङसेबुङका याम कार्की

५ चैत, इलाम । प्राय सबैजसोको उद्देश्य पढेपछि जागिर खाने, राम्रो घर बनाउने र सुखसयलमा जिन्दगी बिताउने हुन्छ । अलि पढेपछि काम गर्न लाज मान्ने नेपाली समाजको विशेषता नै हो । तर, इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका याम कार्की पढेर पनि जागिर खाएनन्, न त उनले काम गर्न नै लजाए । बरु पढेर पनि जागिर नै खान पर्दैन, कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ भन्ने प्रेरणाका श्रोत बनेका छन् ।..

इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बूको स्वतन्त्र उम्मेदवारी घोषणा

५ चैत, इलाम । आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बूले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन् । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध आफ्नो उम्मेदवारी भएको उनले बताए । उनले भने, ‘राजनीतिक दलहरूले..

माङसेबुङ गाउँपालिका–१ ले गर्यो बेसार प्रर्वधन शुरू

५ चैत, इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रर्वधन शुरू गरेको छ। स्थानीय एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारीसँग १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रर्वधन थालेको हो। “कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रर्वधनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ,” वडाध्यक्ष भूपाल योङहाङले भने, “तीन वर्ष अवधिको सम्झौतापत्रमा बेसारको..

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा

५ चैत । नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रर्वधन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औं श्रङ्खला यस पटक अगामी वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीको प्रभावबाट प्रभावित नेपाली उद्योगहरुको वर्तमान अवस्था  झल्काउनु र..