समाचार
इलाम–२ मा हुने उपनिर्वाचनका लागि एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस
५ चैत, इलाम । इलाम–२ मा वैशाख १५मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् । शनिबार पार्टी कार्यालय इलाममा आकांक्षीहरू बीच..
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
५ चैत, झापा । झापाको हुलाकी राजमार्गमा तीनजना सवार मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार तीनै जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय अकालु माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज–१ मा आइतबार राति सवा ९ बजेको समयतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो..
राष्ट्रपतीय चुनाव आफूले नजिते अमेरिकामा लोकतन्त्रको अन्त्य हुन्छः डोनाल्ड ट्रम्प
५ चैत । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव आफूले नजिते अमेरिकामा लोकतन्त्रको अन्त्य हुन सक्ने बताएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार आयातित कारमा कर लगाउने र अमेरिकी अटोमोबाइल उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने विषयमा सम्बोधन गर्दै ट्रम्पले भने, “यदि मैले जितिन भने पूरै देशमा रक्तपात हुन सक्छ ।” रिपब्लिकन पार्टीको राष्ट्रपतीय उमेदवारको दौडमा अगाडि रहेका ट्रम्पले ओहायोमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । यसअघि..
मनकामना केबलकार बुधबार बन्द रहने
५ चैत, काठमाडौं । मनकामना केबलकार बुधबार (चैत ७ गते) बन्द रहने भएको छ । नियमित मर्मत सम्भारका लागि केबलकार सेवा आगामी बुधबार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । केबलकार सेवा सेवा चैत ८ गते बिहीबारबाट नियमित रहने जनाइएको छ । वार्षिक सरदर ११ जना लाख जना मनकामना मन्दिर क्षेत्रमा पुग्ने गरेका छन् ।
३० अर्ब बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको छु : अर्थमन्त्री पुन
५ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्ब रुपैयाँभन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको बताएका छन् । आइतबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटमा उनले यस्तो बताएका हुन् । उपभोक्ताको किन्न सक्ने क्षमता बढाएको खण्डमा अर्थतन्त्र चलायमान हुने विश्वासका साथ आफूले मन्त्रालय सम्हालेलगत्तै बजारमा रकम पठाउन थालेको उनले बताए । उनले दुग्ध किसानको बक्यौता भुक्तानीका निम्ति आइतबार मात्र ३० करोड रकम पठाइसकेको जानकारी गराए..
लिभरपुलविरुद्ध ४–३ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा
५ चैत । रोमाञ्चक खेलमा लिभरपुलविरुद्ध ४–३ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन स्कट म्याकटोमिने, एन्टोनी, मार्कुस रासफोर्ड र एमाद डियालोले गोल गरे । लिभरपुलका एलेक्सिस म्याक एलिस्टर, मोहमद सालाह र हार्भी एलिओटले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् । १०औँ मिनेटमा म्याकटोमिनेले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । ४४औँ मिनेटमा एलिस्टरले..
दीपक मनाङेले त्यागे एकीकृत समाजवादी
५ चैत, पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल सुरु भएका बेला उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन् । आइतबार मनाङेले आफूले एकीकृत समाजवादी..
रुसको राष्ट्रपतिमा फेरि भ्लादिमिर पुटिनको जित सुनिश्चित
५ चैत । रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो । सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ । जो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो..
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय..
विराटनगरमा हत्या भएकी नर्सका प्रेमी पनि मृत भेटिए
५ चैत, विराटनगर । विराटनगर महानगरपालिका–४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् । नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत भेटिएका प्रहरीले जनाएको छ । नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७