समाचार
रविमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको अल्टिमेटम
७ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाइन्। उनले भनिन्– कसरी चल्छ सत्ता ? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ रु त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर..
गृहमन्त्री रविलाई नैतिकता देखाउन कांग्रेस सांसद राजु थापाको आग्रह
७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजु थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नैतिकता प्रदर्शन गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै विपक्षीमा हुँदा होस् या सञ्चारकर्मी हुँदा धेरै नैतिकताको प्रश्न उठाएकाले अहिले अहिले आफूले पनि देखाउन आग्रह गरे। उनले भने– उहाँले नैतिकताको कुरा धेरै उठान गर्नुभएको छ। यो प्रश्न अहिले उहाँतर्फ तेर्सिएको छ। कांग्रेसले यो कुरा कुनै राजनीतिक प्रतिशोधको कारणले उठाएको होइन। हामीले हजारौँ सहकारी पीडितहरूको समस्या उठाएका..
आगामी दुई टी–२० सिरिजका लागी नेपाली क्रिकेट टोलीको घोषणा
७ चैत । नेपाल क्रिकेट संघ क्यानले आगामी दुई टी–२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार आयरल्यान्ड र भारतमा हुने टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपालले आयरल्यान्ड ए टीमसँग चैत ११ र १२ गते खेल्नेछ । भने भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ । नेपाली टोलीः रोहित पौडेल (कप्तान), असिफ शेख, कुशल..
बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ
७ चैत, झापा । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–४ स्थित मुनाल टोलमा मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोड–५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार दिउँसो ३ बजे स्थानीय २५ वर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आइरहेको १५० सिसीको कालो निलो रङ्ग भएको मे ८ प १७७० नम्बरको पल्सर मोटरसाइकल घर अगाडि पार्किङ गरी राखेको अवस्थामा धिमालले..
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै
७ चैत, काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छन् । प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्न लागेको हो । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा उठेका प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूची छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि चैत १ गतेदेखि छलफल सुरु भएको थियो । अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिएपछि..
सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद
७ चैत, सुनसरी । सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो । ५र६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको..
मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, छोरा भने भागेर बाँचे
७ चैत, मोरङ । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका– १ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् । प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।..
इजाजत दिइएका हतियारको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन
६ चैत, काठमाडौं । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले मंगलबार हालसम्म इजाजत लिएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । सोमबार सर्वाेच्च अदालत परिसरबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेका थिए । हतियार तथा खरखजाना ऐन, २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । सोहीअनुसार मन्त्रालयले हालसम्मको..
स्टार स्ट्राइकर लिओनल मेसीले चोटका कारण दुई खेल गुमाउने
६ चैत । अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले एल साल्भाडोर र कोस्टारिकाविरुद्धको दुई मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। कोनकाकाफ च्याम्पियन्स कपमा गत साता नाशभिलमाथि इन्टर मियामीले ३–१ गोल अन्तरको जित हासिल गरेको थियो। उक्त खेलमा ह्यामस्ट्रिङको चोट बोकेपछि ३६ वर्षीय मेसीलाई दोस्रो हाफको शुरूमै प्रतिस्थापन गरिएको थियो। इन्टर मियामीका प्रशिक्षक जेरार्डाे मार्टिनोले खेलपछि मेसीको अवस्थाको मूल्यांकन गरिने बताएका छन्। मेसीलाई फिलाडेल्फियामा शनिबार एल साल्भाडोरविरुद्ध र त्यसको चार दिनपछि लस एन्जलसमा..
गृहमन्त्री रविमाथि छानबिन गर्न संसदीय समिति गठन सम्भव छैन्ः ओली
६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सम्भव नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले लामिछानेको राजीनामा माग्दै समिति गठन गर्न माग गरेको छ । त्यसको जवाफमा ओलीले भने, ’गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन सम्भव छैन ।’ प्रधानमन्त्री प्रचण्डले आज संसदमा उठेका प्रश्नको जवाफ दिँदै लामिछाने सहकारी ठगीमा जोडिएको प्रमाण नभएको बताएका थिए..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७