‘हायु’ परिवारको निर्णय लोपोन्मोख समुदायको राज्यप्रतिको मौन प्रतिवाद हो: सौरवी सुनुवार

  १३ साउन, काठमाण्डौ । सिन्धुलीको गोलन्जोर–६ का १६ जना हायू परिवारका सदस्य पोखरा चुपचाप पुगे।हल्ला चल्यो बेपत्ता भए कतै भनियो घुम्न गएका हुन्। तर वास्तविकता के थियो। उनीहरू पोखरा पुगेर, होटलमा बसे पछि दुई स्थानीयको घरमा शरण लिए। प्रहरीका अनुसार बिरामी पर्छौं, काम छैन, उपचार छैन, आर्थिक कमजोर छ, गाउँमा बस्न गाह्रो छ त्यसैले पोखरामा काम खोज्दै बस्ने निर्णय गरेका हौं भनेका छन्। यो एउटा परिवारको निर्णयको रूपमा लिने..

भ्रष्टाचारको फाईल खोल्न थालेपछि अख्तियार प्रमुख राई विरुद्ध श्रृखलाबद्ध प्रोपोगान्डा

काठमाडौं  । गत ७ साउन २०८२ मा विशेष अदालतले वाइडबडी विमान किन्दा भएको भ्रष्टाचार मुद्दाको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्याे । अख्तियारले २२ चैत २०८० मा २४ जना नेपाली अधिकारी र ८ विदेशी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले २० मंसिर २०८१ मा फैसला दिएको थियो । समान्यतय विशेष अदालतले सार्वजनिक गर्ने फैसलाको पूर्ण पाठहरु..

धानको बिउ उखाल्ने क्रममा झापामा गर्मीले एकको मृत्यु

१० साउन, झापा । झापाको बिर्तामोडमा धानको बीऊ उखाल्ने क्रममा बेहोस भएर ढलेका एक ब्यक्तिको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–६, बुट्टाबारीस्थित खेतमा धानको बीऊ उखाल्ने क्रममा स्थानिय ५६ वर्षीय हेमप्रसाद रिजाल शनिबार दिउसो खेतमा काम गर्ने क्रममा अचानक बेहोस भएर ढलेका थिए । आफन्तजनले उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याएका थिए । तर, अस्पताल ल्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको हो । रिजालको शव पोस्टमार्टमका लागि भद्रपुर..

पूर्वीनाका काँकडभिट्टाबाट ४७ अर्ब ६० करोड बराबरको सामान आयात

१० साउन, झापा । झापाको पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१।८२ मा रु ४७ अर्ब ६० करोड छ लाख ९३ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात भएको छ । आव २०८०–८१ को तुलनामा गत आवमा रु दुई अर्ब ९३ करोड ८१ लाख बढीको सामान आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । उहाँले..

झापामा लागुऔषध नियन्त्रण, रोकथाम तथा पहिचानका लागि ‘डग स्न्यापिङ’

९ साउन, झापा । झापामा लागुऔषध नियन्त्रण, रोकथाम तथा पहिचानका लागि दुई वटा कुकुरबाट ‘डग स्न्यापिङ’ गरिएको छ । बिहीवार प्रदेश प्रहरी कार्यालय ‘के नाईन’ शाखा धरानको टोलीले मेचीनगरको विभिन्न स्थानमा पहिचानको काम गरेको थियो । बिहीवार साँझ झापा मेचिनगर ९ झोडास्थित क्षेत्रबाट पहिचानको काम सुरु गरिएको थियो । टोलीले मेचीनगर –९ झोडा, लिलाबस्ति, खुट्टिडाँगि, वडा नं. १० को पाथिभरा टोल, खयरडाँगी, दनुवार बस्ति एरियामा डग स्नापिङ गरिएको झापा प्रहरीले..

विद्या भण्डारीले भनिन्– माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ

६ साउन, काठामाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा नेतृत्वको दाबी नछाड्ने बताएकी छिन् । आफ्नै निवास भंगालमा केही पत्रकारसँग कुराकानी गर्दै भण्डारीले उक्त दाबी गरेकी हुन् । पत्रकारसँग उनले भनिन्, 'म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ ।' भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने निर्णयसँगै एमालेको आन्तरिक राजनीति पेचिलो बन्दै गएको छ । एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पनि भण्डारीको पक्ष र विपक्षमा मत व्यक्त भइरहेको छ । एमालेको ११औँ महाधिवेशनमा..

इलामका महिलाहरुलाई कुचो बनाउने तालिम

५ असार, इलाम ।  इलामको प्रमुख नगदे बालीमध्ये अम्लिसोबाट उत्पादन हुने कुचोको माग बढेसँगै यहाँका महिलाले कुचो बनाउने तालीम लिएर स्वरोजगारको बाटो रोज्न थालेका छन्। अम्लिसोको फुलबाट बनाइने कुचो परम्परागत रूपमा प्रयोग हुँदै आएको छ, तर अहिले इलामका महिलाले त्यसलाई आयआर्जनको स्रोत बनाउँदै छन्। सिमधारा महिला समूहले आयोजना गरेको तीन दिने तालिममा ३० जना महिलाले कच्चा पदार्थ छनौटदेखि डिजाइन र बजार व्यवस्थापनसम्मको सीप सिकेका छन्। तालिम टेवा काठमाडौँको आर्थिक सहयोग..

लागूऔषध बिक्री गर्न दमक आएका भारतीय नगारीक पक्राउ

५ साउन, झापा । भारतबाट लागूऔषध बिक्री गर्न झापाको दमक आएका एक भारतीय कारोबारी ठूलो मात्रामा ब्राउन सुगरसहित पक्राउ परेका छन् । आज मध्यान्न तिर दमक ५ स्थित मेची स्टोर अगाडी सडकमा शङ्कास्पद अवस्थामा हिडिरहेका भारत विहार राज्य कटिहार जिल्ला बस्ने २८ वर्षीय सुरजकुमार साहलाई ठूलो मात्रामा ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनको साथबाट प्लास्टिकबाहेक ४२ ग्राम १७ मिलिग्राम ब्राउन सुगर, विभिन्न दरका नेपाली रुपैयाँ जम्मा ३७ हजार ९००,..

यातायात कार्यालय इलामले लक्ष भन्दा बढि राजस्व संकलन गर्यो

इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले लक्ष भन्दा बढि राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ राजस्व सङ्कलन बृद्घि गरेको हो । आर्थिक वर्ष २०८०/८१ एघार करोड ३२ लाख ६१ हजार छ सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेकोमा गत आर्थिक वर्ष २०८१/८२ त्यसलाई बृद्घि गरेर १३ करोड ८२ लाख ३ हजार पाँच सय १७ रुयैया संकलन गरेको छ । कार्यालयको लक्ष १३ करोड..

राप्रपामा गम्भीर मतभेद, रवीन्द्र मिश्र मौन

५  साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र तीव्र मतभेद बढेका बेला वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उनीनिकट नेताहरू मौन छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते नवराज सुवेदी र सगुनसुन्दर लावती तथा साउन २ गते मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए। सुवेदी अनुशासन समिति अध्यक्ष, लावती प्रवक्ता र गिरी उपाध्यक्ष तथा केन्द्रीय सदस्य थिए। उनीहरूलाई विगतमा अध्यक्ष लिङ्देनले नै मनोनीत गरेका थिए। अध्यक्ष लिङ्देनले नेताहरूमाथि गरेको कारबाही विधानसम्मत नभएको..