'हायु' परिवारको निर्णय लोपोन्मोख समुदायको राज्यप्रतिको मौन प्रतिवाद हो: सौरवी सुनुवार

‘हायु’ परिवारको निर्णय लोपोन्मोख समुदायको राज्यप्रतिको मौन प्रतिवाद हो: सौरवी सुनुवार

 


१३ साउन, काठमाण्डौ । सिन्धुलीको गोलन्जोर–६ का १६ जना हायू परिवारका सदस्य पोखरा चुपचाप पुगे।हल्ला चल्यो बेपत्ता भए कतै भनियो घुम्न गएका हुन्। तर वास्तविकता के थियो।

उनीहरू पोखरा पुगेर, होटलमा बसे पछि दुई स्थानीयको घरमा शरण लिए। प्रहरीका अनुसार बिरामी पर्छौं, काम छैन, उपचार छैन, आर्थिक कमजोर छ, गाउँमा बस्न गाह्रो छ त्यसैले पोखरामा काम खोज्दै बस्ने निर्णय गरेका हौं भनेका छन्।

यो एउटा परिवारको निर्णयको रूपमा लिने भन्दा पनि , यो लोपोन्मुख समुदायको राज्य र समाजप्रतिको मौन प्रतिवाद हो।

रोजगार स्वास्थ्य शिक्षा समावेशिता जस्ता आधारभूत आवश्यकता र अधिकारको पहुँच अझै पनि पुगेको छ छैन स्थानीय सरकार र राज्य ले ध्यान दिने र बुझ्ने विषय हो।

कागजमा दर्ज छ, लोपोन्मुख तर योजनामा हुँदैन,
गन्तीमा छ, प्राथमिकतामा छैनन्। उनीहरू कहाँ छन् भनेर प्रश्न गर्नु अघि, हामी कहाँ छौं भनेर सोच्न जरुरी छ।

संविधानमा विशेष अधिकार लेखिएको छ तर पहुँच पुगेको छैन न रोजगारी, न स्वास्थ्य सेवा, न अवसर।

लोपोन्मुख भनेर नाम सूचीमा राख्नु मात्रै पर्याप्त होइन ।

उनीहरूको आवाज सुन्ने नीति बनाउने प्राथमिकतामा राख्दै शिक्षा स्वास्थ्य पूर्ण निःशुल्क र प्रत्येक परिवारलाई रोजगारको प्रभावकारी व्यवस्थापन गर्न स्थानीय सरकार र राज्यको ध्यान जाओस् ।

पहिचान तबसम्म सुरक्षित हुँदैन जबसम्म नीति, व्यवहार र चेतनामा पुग्दैन।

-नेतृ सुनुवार किरात अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्दछिन ।

प्रतिक्रिया:

सम्बन्धित खवर