मुख्य समाचार
बुटवलमा कांग्रेस तीन दशक पछि ‘कमब्याक’
८ जेष्ठ, बुटवल । रुपन्देहीको बुटवलमा नेपाली कांग्रेसले तीन दशक पछि ‘कमब्याक’ गरेको छ । यसअघि २०४९ सालमा सूर्यप्रसाद प्रधानको नेतृत्वमा कांग्रेसले मेयर र उपमेयरसहित १२ वटा वडा जितेको थियो । त्यतिबेला १५ वटा वडा रहेको बुटवलमा एमालेले भने जम्मा तीन वडा मात्रै जितेको थियो । २०५४ सालमा भएको नगरपालिकाको चुनावमा एमालेले कांग्रेसको सत्ता उल्ट्याइदियो। एमालेले नगर प्रमुखमा भोजप्रसाद श्रेष्ठ, उपप्रमुखमा विमलबहादुर शाक्य र १२ वटा वडा जितेको थियो ।..
काठमाडौं २७ मा केशव स्थापित बालेन साहभन्दा दोब्बर मतले अघि
७ जेष्ठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २७ मा नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन्द्र साहभन्दा दोब्बर मत पाउनु भएको छ । स्वतन्त्र उम्मेदवार साहसँग निकै पछि पर्नुभएका एमाले उम्मेदवार स्थापितले यस वडामा फराकिलो अग्रता लिनुभएको छ । ‘कोर एरिया’ भनेर चिनिनेमध्ये काठमाडौं २७ पनि एक वडा हो । सो वडामा अहिलेसम्म २ हजार ७ सय १७ मत गणना गर्दा स्थापितले ८ सय ४ मत पाउनु..
दमकको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेद्धवार विजयी
६ जेष्ठ, झापा । दमक नगरपालिकाको प्रमुख र उपप्रमुख पद सत्तारुढ गठबन्धनले जितेको छ । आज विहान घोषित अन्तिम परिणाम अनुसार नगरप्रमुखमा गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार भएका राप्रपाका राम थापा र उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भटटराई प्रसाई निर्वाचित भएका छन् । नेपाली कांग्रेस, राप्रपा, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितको गठबन्धनबाट उम्मेदवार हुनुभएका थापाले आफना प्रतिद्धन्दी नेकपा एमालेकी गीता अधिकारी र उपप्रमुखमा भटटराईले एमालेकै उम्मेदवार अम्बिका प्रसाद खनाललाई पराजित गरेका..
झापाको बिर्तामोडको मेयरमा एमालेकी महतारा र उपमेयरमा संग्रौला निर्वाचित
६ जेष्ठ, झापा । बिर्तामोडको मेयरमा महतारा र उपमेयरमा एमालेका नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् । आज सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गरिन् । प्रसाईले १६ हजार ५ सय २० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत मात्र पाए । उपमेयरमा निर्वाचित संग्रौलाले प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १ सय..
सुवास र झलनाथको क्षेत्रमा एमाले विभाजनको असर !
५ जेष्ठ, इलाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनले इलामका दुई ‘हेभिवेट’ नेता र उनीहरूको निर्वाचन क्षेत्रमा आ–आफ्नो दललाई प्रत्यक्ष असर र्पुयाएको देखिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र पूर्वसभामुखसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले एक–अर्कामा आफ्नो ‘पकड’ गुमाएका छन्। एमाले एक हुँदा २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाका १० पालिकामध्ये ७ वटाको प्रमुख र ९ को उपप्रमुख जितेको थियो। बाँकी ३ वटाको प्रमुख र..
चुलाचुलीमा एमालेको शक्ति प्रर्दशन
२५ वैशाख, इलाम । स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले चुलाचुली गाउँपालिकामा शक्ति प्रर्दशन गरेको छ । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल चुलाचुली र अनेरास्ववियु चुलाचुलीको आयोजना तथा नेकपा एमाले चुलाचुलीको विशेष समन्वयमा आज भएको र्यालीमा करीव ३ हजार एमाले नेता कार्यकर्ताको सहभागीता रहेको थियो । चुलाचुली वडा नं. ६ कुईनेटारबाट सुरु भएको मोटरसाईकल र्याली वडा नं. १ स्थित माङ्तोक चौकमा कोणसभामा परिणत भएर सम्पन्न भएको थियो..
चपेटीमा खुल्यो डबल फरेस्ट रिसोर्ट, रिफ्रेसमेन्टका लागि उपयुक्त स्थान
३ वैशाख, इलाम । झापाको दमक बजार देखी नजिकै रहेको रमणीय पर्यटकीय स्थल चुलाचुलीको चपेटीमा डबल फरेस्ट रिसोर्ट संञ्चालनमा आएको छ । आन्तरीक पर्यटकका लागि लक्षित गरेर संञ्चालनमा ल्याएको रिसोर्टको गत वैशाख १ गते पुर्व सभामुख समेत रहनुभएका त्यस क्षेत्रका संघिय सांसद सुवासचन्द्र नेम्वाङको विशेष उस्थितीमा उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, दमक नगरपालिकाका उपमेयर गिता अधिकारी सहित वडा अध्यक्ष तथा समाजसवीहरुको उपस्थिती रहेको थियो..
मन्त्रीमण्डल पुर्नठन गर्ने तयारीमा देउवा, लोसपा पनि सरकारमा सहभागी हुँदै
१ चौत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल पुर्नठन गर्ने तयारी गरेका छन् । खाली रहेका दुई मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्ने तयारी समेत देउवाले गरेका छन् । चैत १५ मा निर्वाचन आचारसंहिता लाग्ने भएकाले देउवाले अर्काे हप्ताभित्र निर्णय लिने तयारबी गरेको बुझिएको छ । त्यसका लागि उनले आन्तरिक र गठबन्धनका शिर्ष नेताहरुसँग छलफल बढाइसकेका छन् । देउवाले रक्षाका अलावा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो दलबाट मन्त्री बनाउने भएका छन् ।..
एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन
४ माघ, फाल्गुन । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । आज बस्ने संसद बैठकलाई लक्षित गरे प्रदर्शन गरिएको हो । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् । विरोध प्रर्दशनमा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् । संसदीय दलको बैठकलगत्तै माओवादी कार्यकर्ता..
महाधिवेशन गर्न अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने कांग्रेसको निर्णय
२ माघ, फाल्गुन । नेपाली कांग्रेसले विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको बताईएको छ । योसँगै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृसंस्थाका पदाधिकारीहरू पनि भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७