२ मंसिर, काठमाण्डौँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनको विषयमा छलफल भएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले छलफल गरेको हो ।
आयोगको कान्तिपथस्थित कार्यालयमा भएको छलफलमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारबाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको बताए।
निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको प्रष्ट पारे।
छलफलका क्रममा प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीहरूको जाँच तथा प्याकेजिङ कार्यमा सेनाको महत्त्वपूर्ण साथ पाएको बताए।
उनले दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्रीहरू एवं खटिएका कर्मचारीहरूसमेत र्पुयाउन सेनाबाट प्राप्त सहयोग भएको समेत बताए।