लोसपा फुटको नजिकः वृषेशचन्द्र लालले तमलोपा ब्युँत्याउदै

२१ माघ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) फुटेर बनेको लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) फुट्ने करिव निश्चित भएको छ । मधेस आन्दोलनपछि महन्थ ठाकुरलाई नयाँ दल खोल्ने महत्वपूर्ण सहयोग गरेका नेता वृषेशचन्द्र लालले लोसपा छोडेर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई ब्युँत्याउने भएका हुन् । लोसपाको संगठनात्मक संरचना निर्माणमा ठाकुरसहितको समूह सक्रिय रहेका बेला लाल लगायतका असन्तुष्ट नेताहरुले तमलोपालाई ब्युँत्याउन लागेका हुन् । लालले विभिन्न जिल्लाका नेताहरुसँग यस विषयमा सम्पर्क र..

गठबन्धन टुट्दैमा आकाश खस्दैनः झलनाथ खनाल

२१ माघ, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमसीसीका आपत्तिजनक बुँदा संशोधन नगरीकन संसद्बाट अनुमोदन गर्न नमिल्ने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “एमसीसीमा हस्ताक्षर भएको ५ वर्ष भयो । त्यसलाई २ वर्षसम्म गुपचुप राखियो । तीन वर्षदेखि बहसमा छ । अब अमेरिकाले एक वर्ष पर्खियोस् । यो सम्झौतामा धेरै खालका आपत्तिजनक कुरा..

इन्धनको मुल्य बढेसंगै आन्तरिक हवाइ उडानको भाडादर बढ्यो

२१ माघ, काठमाण्डौँ । आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो । संघले पुरानो भाडादरमा १०५ रुपैयाँदेखि ४४५ सम्म वृद्धि गरेको जनाएको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघले प्रयोग गरेको हो । बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँ रहेको छ..

कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्छौँः एमाले सचिव रायमाझी

२० माघ, काठमाण्डौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताउनुभएको छ । विहीबार रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताउनुभयो । सत्ता महागठबन्धन लोभी–पापीहरूको झुण्ड भएको आरोप लगाउँदै उनले संसदको काम कारबाहीलाई सुचारू रूपमा चलाउन सभामुखलाई हटाउँदा राम्रो हुने बताउनुभयो..

मलद्वारभित्र लुकाएर ल्याएको १ किलो ५५ ग्राम सुन सहित एक जना पक्राउ

२० माघ, काठमाण्डौँ । बुधबार बिहान १० बजेतिर त्रिभुवन बिमानस्थलमा ओर्लियो दुबईबाट आएको एयर अरेबियाको बिमान । उक्त विमानबाट बाहिरिनेहरुको लाममा एक व्यक्ति अलिक अफ्ठेरो तरिकाले हिँडिरहेको देखेर सुरक्षाकर्मी सशंकित बने । विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरु अवैध मालवस्तुहरु ओसारपसार गर्नेको हाउभाउसँग अभ्यस्त नै हुन्छन् । दुबईबाट नेपाल आएका दावाछिरिङ शेर्पा पनि उनीहरुको नजरबाट छिप्न सकेनन् । सुरक्षार्कीले केहीबेर उनलाई पछ्याए र नियन्त्रणमा लिइहाले । प्रहरीका अनुसार सुन निलेर आएको हुन सक्ने..

राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको जित

१२ माघ, काठमाण्डौँ । राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनले जित हासिल गरको छ । ‘क्लीन स्वीप’ गर्नबाट भने एमालेले रोकेको छ । अन्तिम परिणाम अनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठवन्धनमा आवद्ध दलका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएपछि ‘क्लिनस्वीप’ बाट गठवन्धन चुकेको हो । यस प्रदेशमा पनि गणितीय हिसाबले गठवन्धन नै बलियो थियो । त्यही भएर गठवन्धनका नेताहरु क्लीन स्वीपको..

कोरोना रोकथामका लागि भोली देखी विद्यालय बन्द गर्ने सरकारको निर्णय

२४ पौष, काठमाण्डौँ । कोरोना संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले भोली देखी नै विद्यालय बन्द गर्ने निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । अर्काे सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उहाँले जानकारी..

कांग्रेस महाधिवेशन पर्सिबाट तर पौडेल समूहमा उम्मेदवारबारे सहमति जुट्न सकेन

२२ मंसिर, काठमाण्डौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवारबारे आज पनि सहमति जुट्न सकेन । अब भोलि आकांक्षीहरु बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने र विकल्प सुझाउने नेताहरुले बताएका छन् । १४ औं महाधिवेशन पर्सि २४ गतेदेखि नै शुरु हुदैँछ । तर पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैन । महामन्त्री डा. शशांक कोइरालाले तीन नेताबीच सहमति भए आफू त्याग गर्न तयार रहेको बताउनुभएको छ । यस्तै..

प्रदेशमा प्रहरी विनाको गृहमन्त्री र पैसा विनाको अर्थमन्त्री छ, कसरी काम गर्ने ?‒मुख्यमन्त्री राई

२० मंसिर, झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले नेपालमा संघीयता नामको मात्रै रहेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको छ । संघिय सरकारले प्रदेश सरकालाई संविधानले कल्पना गरे अनुसारको अधिकार नदिएकाले प्रदेश सरकारले अपेक्षाकृत परिणाम निकाल्न नसकोको उहाँले बताउनुभयो । झापाको दमकमा नेकपा एकिकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ समाजवादीको प्रदेश भेलामा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारका मन्त्रीहरुको हातमा कार्यकारीणी अधिकार नहुँदा समस्या भएको बताउनुभयो । ‘प्रदेशमा प्रहरी र..

केशरजंगको पालामा पुष्पलालले विद्रोह गरेजसरी केपीको पालामा मैले विद्रोह गरेको हुँः माधव नेपाल

२० मंसिर, झापा । नेकपा (एस)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको गृहनगरमा कार्यक्रम गर्दा कोही कोहीलाई चिट चिट पसिना आएको भन्दै ब्यङ्ग्य गर्नुभएको छ । नेकपा (एस) समर्थित नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ समितीले झापाको दमकमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताउनुभएको हो । नेकपा (एस) वि.स. २००६ सालमा पुष्पलालले स्थापना गरेको कम्युष्टि पार्टीको नै निरन्तरता रहेको पनि उहाँले दावी गर्नुभयो । २०१४ सालमा..