नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादव

२१ श्रावण, काठमाण्डौँ । नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको छ । त्यस्तै सहध्यक्षमा तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठ चयन भएका छन् । यस्तै उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह र दुर्गा सोव चयन हुँदा महासचिव रमेशप्रसाद यादवलाई बनाएको छ । बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ ।..

एक बर्ष परा नभई इलामको सुकिलुम्बा विमानस्थलको धावनमार्ग चर्किन थाल्यो

२० श्रावण, इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग चर्किन थालेको छ । उद्घाटन भएको ५ महिना नपुग्दै धावनमार्गको पूर्वतर्फको भाग चर्किएको हो । ७ सय मिटर लम्बाई र २० मिटर चौडाई रहेको धावमार्गको पूर्वतर्फको भाग चर्किएपछि अहिले टाल्ने काम भइरहेको छ । धावनमार्ग निर्माण गर्दा लगाइएको ग्याबिन वालले माटोको भार थेग्न नसकेपछि विमानस्थल झनै जोखिममा परेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र निर्वतमान पर्यटनमन्त्री प्रेम आलेले गत फागुन १..

मेहनत गरे बहुमतको सरकार बनाउन सकिन्छः अध्यक्ष ओली

२० श्रावण, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावपछि दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने बताउनसभएको छ । आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उहाँले बताउनुभएका हो । काठमाडौंमा आज भएको कार्यक्रमा उहाँले भन्नभयो, ‘केन्द्रमा एकल बहुमतको सरकार बनाउनुर्पयो । प्रदेशमा बहुमतको सरकार बनाउनुर्पयो ।’ एमाले..

मेची यातायात व्यवस्था कार्यालयले ८६ करोड राजस्व सङ्कलन गर्यो

२० श्रावण, झापा । मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रू ८६ करोड रुपैया रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा कूल रू ८६ करोड ११ लाख सात हजार ६२४ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिनुभयो । कार्यालयले यातायात क्षेत्रको आम्दानीअन्तर्गत रू तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन करवापत रू ६० करोड ५० लाख २६ हजार २८१, व्यवसाय रजिष्ट्रेशन दस्तुरवापत रू..

अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिदैँ

१० श्रावण, काठमाण्डौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको बैठक आज बिहान बस्दैछ । बिहान ८ बजे तय गरिएको बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । ‘प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पाेट आइपुगेको छ । बिहान बस्ने बैठकमा समिति सदस्यहरूले सिलबन्दी तोडेर अध्ययन गर्नुहुनेछ,’ सचिव अर्यालले भने । सिलबन्दी रिपोर्ट लिखित मात्रै छ कि सीसीटिभी फुटेज नै छ भन्नेबारे..

आयातमा रोक लागे पनि ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रियो

९ श्रावण, काठमाण्डौँ । साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८र०७९ (साउन २०७८–असार२०७९सम्म) मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार प्रतिवेदनअनुसार नेपालले यस अवधिमा ६ लाख ७७ हजार ३७१ लिटर विदेशी मदिरा आयातका लागि ३..

पर्याप्त मौसम मापन केन्द्र नहुँदा नेपालमा बर्षेनी ठूलो मात्रामा मानवीय र भौतिक सम्पत्तिमा क्षति हुँदै

१४ श्रावण, काठमाण्डौँ । १५ जेठ २०७९ मा पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना भयो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित विमानमा रहेका २२ जनाकै मृत्यु भयो । दुर्घटनापछि सरकारले कारण पत्ता लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगले विमान दुर्घटनाको कारण सार्वजनिक गर्ने नै छ । तर, अहिलेसम्मका प्रारम्भिक सूचना र..

चुलाचुली ६ मा वडाध्यक्ष र सदस्यबिच विवाद, कागजात च्यातियो, कार्यलय तोडफोडको प्रयास

१० असार, इलाम । इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ मा योजना छनोटको विषयमा विवाद हुँदा जनप्रतिनिधीहरु बिच नै विवाद भएको छ । योजना छनोटको विषयमा कुरा नमिल्दा चुलाचुली ६ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य नरेन्द्र सावा लगायत उनी निकटका ब्यक्तिहरुले तोरीवारी स्थित वडा कार्यलय तोडफोडको प्रयाससंगै कार्यलयका कागजातहरु नष्ट पारेको त्यहाँका कर्मचारीले बताएका छन् । नेपाली कांग्रेसकै एक नेताले पनि सो घटना भएको स्विकार गरेका छन् । घटना..

पूर्वडीआईजी कोइरालाको फैसला उल्टियो, जन्मकैद कायम

१२ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वाेच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । पूर्ण इजलासको यो फैसलापछि कारागारबाट रिहा भएका कोइराला अब करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ । उनी अहिलेसम्म..

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित

८ जेष्ठ, सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् । राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाइन् । धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै..