तीन दिनका लागि एमाले अध्यक्ष ओली झापामा

२ भाद्र, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा उत्रिनुभएको छ । तीन दिनका लागि गृह जिल्ला आउनुभएका ओली १२ बजे चन्द्रगडी बिमानस्थल उत्रिनुभएको हो । आजको पहिलो कार्यक्रम कचनकवलस्थित बनियानीको पार्टी प्रबेश र कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तयारी छ । अध्यक्ष ओली साउन ४ गतेसम्म जिल्लाका एक दर्जन कार्यक्रममा सहभागी भइ काठमाडौ फर्किने कार्यक्रम रहेको छ ।

जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि एमाले फर्किदै

१ भाद्र, काठमाडौं । जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि एमाले फर्किने भएका छन् । जसपाका प्रभावशाली नेता–कार्यकर्तासहित उनी आज एमाले प्रवेश गर्दैछन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई टीका लगाएर स्वागत गर्ने कार्यक्रम राखिएको छ । भोजपुर टेम्केमैयुङका राई पूर्वउद्योगमन्त्रीसमेत हुन् । २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईसँगै हेमराजले एमाले छाडेका थिए । राईले आफूसहित १५० जना नेता कार्यकर्ता एमालेमा जान..

झापाका स्थानिय तहहरुमा फोहर व्यवस्थापनको समस्या बढ्दै, समाधान खोज्दै जनप्रतिनिधीहरु

१ भाद्र, झापा । झापाका अधिकाश स्थानीय सरकारसँग फोहरसँगै व्यवस्थापन सकस चुलिँदै गएको छ । जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारे पनि फोहर तह लगाउने दिर्घकालिन समाधान अहिलेसम्म टुङ्गो लागेको छैन् । यसको दिर्घकालिन समाधान खोज्न अहिले झापाका स्थानीय पालिका प्रमुख उपप्रमुख एक ठाउँमा उभिन थालेका छन् । मंगलबार यसैको विषयमा मेचीनगर, विर्तामोड, अर्जुनधारा कन्काई नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच निक्कै लामो छलफल भएको छ ।..

चुलाचुलीका जनप्रतिनिधीले भ्रम फैलाएको भन्दै युवा संघ र अखिलको आपत्ती

२७ श्रावण, इलाम । चुलाचुली गाउँपालिकाका जनप्रतिनिधीले निर्माणधिन मदन भण्डारी राजमार्गको बिषयमा भ्रम फैलाएको भन्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आपत्ती जनाएको छ । झापाको शान्तीनगरबाट सुरु भएर चुलाचुली हुँदै डढेलधुराको रुपनीमा टुंगिने राजमार्ग चुलाचुलीको केही भाग मात्र छुवाएर लौजान यस क्षेत्रका संघिय प्रतिनिधी सभा सदस्यले चलखेल सुरु गरेको भनेर चुलाचुली गउँपालिकाका प्रवक्ता वविन राईले लेखेको स्टाटसले यथार्थ भन्दा बाहिर पुर्वाग्राही भएर भ्रम पुर्ण सुचना सम्प्रेषण गरेको भन्दै युवा..

निर्वाचन आयोगमा २१ दल दर्ता

२६ श्रावण, काठमाण्डौँ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ । आयोगमा यसअघि १ सय १६ राजनीतिक दल..

निर्वाचन तयारीका लगि एमाले सचिवालय बैठक बस्दै

२६ श्रावण, काठमाण्डौँ । आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभयो । बैठकले पोलिटब्युरो..

पूर्वपश्चिम राजमार्ग काँकरभिट्टादेखि लौकहीसम्म चार लेनको बनाउन पौष देखी काम सुरु हुने

२२ श्रावण, झापा। झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म एकसय २० किलोमिटर पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि आगामी पुस महिनादेखि निर्माण कार्य सुरु हुने भएको छ । आज मेचीनगर नगरपालिकाको सभाहलमा काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नती आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन(ईआईए) प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सो आयोजनाका टोली प्रमुख राजन श्रेष्ठले काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नतीको आयोजनाका विषयमा जानकारी गराउनुभएको थियो । नेपाल सरकारको भौतिक पूर्वाधार..

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

२२ श्रावण, काठमाण्डौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा श्रावण १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज श्रावण २२ गते देखि श्रावण ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो । दल दर्ताको निवेदनसँगै राजनीतिक दलले..

रवि लामिछानेलाई संकेत गर्दै ओलीले भनेः फेद न टुप्पोका !

२१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको आलोचना गरेका छन् । लोकतन्त्र ल्याउन बलिदान गरेका नेताहरुको अपमान गरेको भन्दै ओलीले लामिछानेलाई ‘भडुवा’ भनेका छन् । शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले लामिछानेलाई एउटा जमातले साथ दियो भन्दैमा नेता भएँ भन्दै हिँडेको टिप्पणी गरे । ‘‘देशमा लोकतन्त्र ल्याउन बलिदान गरेर आएका, संघर्ष गरेर आएका, जेल नेल भोगेर आएका, अंगभंग भएर आएका,..

प्रदेश १ को कुन क्षेत्रमा कुन दलको दाबी ?

२१ श्रावण, काठमाण्डौँ । शीर्ष बैठकबाट गठित कार्यदलले काम थाल्नुअघि नै प्रदेश १ बाट माओवादी केन्द्र, नेकपा एस र जसपाले आ–आफ्नो हैसियत अनुसार सीट दाबी गर्न केन्द्रीय कार्यालयलाई अनौपचारिक रिपोर्ट पठाएका छन् । ती दलका प्रदेश संयन्त्रका पदाधिकारीहरूसँगको कुराकानीमा उनीहरूले अधिकतम सिट लिनका लागि नेतृत्वलाई आग्रह गरेका छन् । विगतको विजयी सीट र स्थानीय तहको चुनावको आधारमा समेत दाबी गरिएको नेताहरूको भनाइ छ । १४ जिल्ला रहेको प्रदेश १ मा..