विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका ३६ जनाको मृत्यु

विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका ३६ जनाको मृत्यु


१ माघ, काठमाण्डौँ । कास्कीमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डां नारायण श्रेष्ठले हालसम्म ३६ जनालाई अस्पताल ल्याइपुर्याइएको र सबै जनाको मृत्यु भएको जानकारी दिए । ‘अहिलेसम्म अस्पताल ल्याइएकामध्ये कोही पनि जिवित हुनुहुन्न। सबै अस्पतालबाट तथ्यांक लिँदा अहिलेसम्मको अवस्था यो छ’, श्रेष्ठले भने । विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर