मुख्य समाचार
राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको प्रदर्शन
५ असोज, काठमाण्डौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ । आज बिहान त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएको खुसीयालीमा प्रदर्शन गरेको हो । उनीहरुले गठबन्धन सरकार चाहिदैन, नागरिकता बेच्न पाइदैन भन्दै नागरिकता विधेयक प्रतिमा जलाएका थिए । प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट दुईदुई पटक पास भएको उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण न गरेको हो ।
आगामी निर्वाचनमा दुई करोड मतदाताले मतदान गर्दै
१ असार, काठमाण्डौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पौने २ करोड मतदाता सहभागी हुन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार यो पटक १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको संख्या कायम भएको हो । आयोगका अनुसार सर्वाधिक मतदाता मोरङ र मनाङमा कम रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा २ लाख ५४ हजार ८ सय ४७ जना मतदाता..
एमालेले समानुपातिकतर्फको उम्मेदवारहरुको नामावली भोलि तयार गर्ने
१ असोज, काठमाण्डौँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको नामावली भोलि तयार गर्ने निर्णय गरेको छ । आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकमा तीन वटा निर्णय भएको जानकारी दिए । महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरुका बारेमा जानकारी गराएका..
प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम दिन जसपा र लोसपाका पाँच सांसद एमालेमा
१ असोज, काठमाण्डौँ । प्रतिनिधिसभा र प्रदेशसभाको आयु सकिन एक दिन अगाडि मधेस प्रदेशकी जसपा सांसद डा.रीना यादव केपी ओलीको हातबाट टीका लगाएर नेकपा एमालेमा प्रवेश गरिन् । जसपा केन्द्रीय सदस्यसमेत रहेकी यादव तत्कालीन राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद थिइन् । पार्टी विभाजनपछि उनी उपेन्द्र यादव नेतृत्वको जसपामा थिइन् । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका युवा नेता सन्जिव झा लगायतसँगको छलफलपछि उनी एमालेमा प्रवेश गरेकी हुन् । पछिल्लो समय युवा..
आज मध्य रातिदेखी प्रतिनिधिसभाको कार्यकाल सकिँदै
१ असोज, काठमाण्डौँ । आज मध्य राति १२ बजेपछि प्रतिनिधिसभाको कार्यकाल सकिँदै छ। पाँच वर्षको कार्यकाल आज रातिदेखि सकिन लागेको हो । बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसदको ११औँ अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिसेकेका छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २–३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिने प्रावधान छ ।
डेढ लाख लिएको ऋणको डेढ करोड बुझाउदा पनि अझै ऋण चुक्ता भएन
१३ भाद्र, मोरङ । मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे । सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुुसँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर्दा उनले भनेका थिए दिनको २ हजार रुपैयाँ ब्याज पर्छ । पिडित अवधेशकुमार मण्डल उपचारका लागि लिएको ऋण उनले समयमा तिर्न सकेनन्..
एमाले पोलिटब्युरो बैठक आज बस्दै
९ भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकले चुनावी तयारी तथा आसन्न केन्द्रीय कमिटीको बैठकको लागि एजेण्डा तय गर्नेछ । गत मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको लागि एजेण्डा तयार पार्नेछ । १२ गते..
गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्दै, सीट बाँडफाँटमा सकस
७ भाद्र, काठमाण्डौँ । । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेपछि गठबन्धनका शीर्ष नेतासहितको बैठक आज पुनः बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आजको बैठकले सीट बाँडफाँटका सन्दर्भमा निष्कर्षमा पुग्ने सम्भावना रहेको कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिए । सीट बाँडफाँटका लागि कांग्रेस नेता..
माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, वर्षमान र जनार्दन उपमहासचिव
४ भाद्र, काठमाण्डौँ । पदाधिकारी चयनको निकै रस्साकस्सीपछि अन्ततः देव गुरुङ नेकपा माओवादी केन्द्रको महासचिव बनेका छन् । राष्ट्रिय महाधिवेशन सकिएको ८ महिनासम्म माओवादीले पदाधिकारी टुंगो लगाउन सकेको थिएन । वर्षमान पुन र जनार्दन शर्माको सशक्त दाबेदारीका कारण महासचिव चयनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सकस परिरहेको थियो । त्यही भएर शर्मा र पुन दुवैलाई उपमहासचिवमा राखेर प्रचण्डले तेस्रो विकल्पको रूपमा गुरुङलाई अघि सारेका छन् । गुरुङको जन्म मनाङ नासोङ गाउँपालिका..
पदाधिकारी टुंगो लगाउन माओवादीलाई सकसः आज पनि बैठक बस्दै
४ भाद्र, काठमाण्डौँ । पदाधिकारी टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज शनिबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने बताइएको छ । यसअघि शुक्रबार पदाधिकारी टुंगो लगाउन बोलाइएको बैठक निष्कर्षविहीन सकिएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन सकेको थिएन । प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७