पोखरामा दुर्घटनामा परेको विमान भारत र थाईल्याण्डले १३ बर्ष चलाएर बेचेको थियो

पोखरामा दुर्घटनामा परेको विमान भारत र थाईल्याण्डले १३ बर्ष चलाएर बेचेको थियो


१ माघ, काठमाण्डौँ । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन–एनएसी विमान सन् २००७ मा बनेको खुलेको छ । फ्रान्सेली–इटालियन कन्सोर्टियम विमानले १५ वर्षदेखि उडान भरिरहेको हो ।

यो विमानले पहिलोपटक १ अगस्ट २००७ मा पहिलो उडान भरेको थियो । ७५४ सिरियल नम्बरको यो विमान १७ अगस्ट २००७ मा कम्पनीले भारतीय किंगफियर एयरलाइन्सलाई डेलिभर गरेको थियो ।

किंगफिसरले भीटी–केएजे कलसाइनमा यो विमान ३० मार्च २०१३ सम्म उडायो । अप्रिल २०१३ देखि यो विमान थाइल्यान्डको नोक एयरले किन्यो । एनओकेले एचएस–डीआरडी कलसाइनमा उडाएको यो विमान २० अप्रिल २०१९ मा यती एयरलाइन्सले किनेको थियो ।

यो विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान पनि भरेको थियो । नेपालमा सामान्य अवस्थामा उडिरहेको विमान आइतबार पोखरामा अवतरणको क्रममा दुर्घटनामा परेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर