भारत भ्रमण विगतको भन्दा परिणामुखी भयोः प्रधानमन्त्री प्रचण्ड

भारत भ्रमण विगतको भन्दा परिणामुखी भयोः प्रधानमन्त्री प्रचण्ड


२० जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी भएको बताउनुभएको छ । भारतको चार दिने भ्रमण पुरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

‘विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा परिणामुखी रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत भएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले विगतमा भारतसँगको सम्बन्धमा विश्वासको संकटजस्तो देखिए पनि अहिलेको भ्रममणले विश्वासको नयाँ वातावरण भनेको बताएउनुभयो ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले नेपाल भारत सम्बन्ध सुपरहिट बनाउँछौ भनेबाटै पनि त्यसको संकेत देखिएको बताउनुभयो । उहाँले भ्रमणका क्रममा भएका सहमतिहरुलाई कार्यान्वयनमा ल्याउनुपर्ने समेत बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा विद्युत व्यापार, पञ्चेश्वर आयोजनाको डिपिआर अन्तिम रुप दिने, रेल सम्पर्क सञ्जाल र महाकालीमा दुई वटा पुलको निर्माण गर्ने सहमति बनेको जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर