मेरो पहिलो प्राथमिकता पुर्वाधार विकाशः राम राना (भिडियो सहित)

२९ कार्तिक, काठमाण्डौँ । नेकपा एमालेका तर्फबाट इलाम क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेद्धवार बनेका राम रानाले आफ्नो प्रमुख प्राथमिकता पुर्वाधार विकाश भएको बताएका छन् । प्रदेश १ का पुर्व भूमि, व्यवस्था तथा कृषि मन्त्री समेत रहेका उनले इलाम २ (ख)को विकाशका लागि पहिलो आवश्यक्ता भनेको सडक सञ्जाल, विजुलीवत्ती, खानेपानी लगायत रहेको बताएका हुन् । कार्यक्रम जनसरोकारमा कुरा गर्दै उनले भौतिक पुर्वधारको विकाशले नै इलाम २ (ख)को भौगोलिक..

गण्डकी प्रदेशः थापासँगको टक्करले मन्त्रीबाटै बर्खास्त

२९ कार्तिक, काठमाण्डौँ । गण्डकी सरकारका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त भएका छन् । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री र कानूनमन्त्रीलाई असहयोग गरेको र विरोधमा उत्रिएको जानकारीपछि उहाँलाई हटाइएको होः स्रोतले भन्यो । उनी सरकारका प्रवक्तासमेत थिए । प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन खड्काको भूमिका थियो । खड्काको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी आफैँले लिएर मुख्यमन्त्रीले जिम्मेवारी हेरफेर गरेका..

आगामी निर्वाचनका लागि ३ दिन विद्यालय र २ दिन सरकारी बिदा

२९ कार्तिक, काठमाण्डौँ । आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५..

साना दललाई ‘थ्रेसहोल्ड’को चिन्ता

२७ कार्तिक, काठमाण्डौँ । राजनीतिक दलहरु चुनाव प्रचाररप्रसारको अन्तिम चरणमा छन् । ठूला दलहरु प्रत्यक्ष प्रणालीतर्फ आफ्ना उम्मेदवार जिताउने र समानुपातिकतर्फ मत बढाउने प्रयासमा छन् । साना र नयाँ दलहरु न्यूनतम मतको सीमा अर्थात ‘थ्रेसहोल्ड’को चिन्तामा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन परिणाम सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा ११ मा भनिएको छ, ‘ ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन..

प्रदेश–१ को नाम बहुपहिचानको आधारमा राख्न पहल गर्छुः सुवास नेम्वाङ

२५ कार्तिक, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रदेश १ को नाम बहुपहिचानको आधारमा राख्न पहल गर्ने बताउनुभएको छ । इलाम क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्धवार समेत रहनुभएका उहाँले इलामको लारुम्वामा चुनावी सभालाई सम्वोधन गर्र्दै प्रदेश १ को नाम किरात–सगरमाथा राख्न आफु तयार रहेको र आउँदो समयमा पहल गर्ने उहाँले बताउनभएको हो । किरात धर्मलम्वीहरुको पवित्रस्थल लारुम्वामा पुगेर नेता नेम्वाङले भन्नुभयो ‘प्रदेश १ को नामाकरण अहिलेसम्म हुन..

एमालेले जहाँ टेक्यो त्यहाँ विकास भयोः ओली

२५ कार्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा विकासको लहर ल्याएको दाबी दाबी गरेका छन् । झापाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ । हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य–मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ ।’ चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न पनि..

माओवादी अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास

२३ कार्तिक, काठमाण्डौँ । सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ । पाँच दलीय गठबन्धनले कर्णालीका तीन जिल्ला जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा मंगलबार साँझ जुत्ता प्रहारको प्रयास भएको हो । मंगलबार सुर्खेत विमानस्थलमा अवतरण गरी नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्कालाई लिएर जुम्ला जाने कार्यतालिका रहे पनि प्रतिकुल मौसमका कारण प्रचण्ड सवार हेलिकप्टर सल्यान पुगेको थियो..

निर्वाचन आउन अब ६० दिन बाँकीः ७७ जिल्लामै निर्वाचन अधिकृत नियुक्त

५ असोज, काठमाण्डौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आज बुधवार ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । चुनाव गराउनका लागि प्रत्येक जिल्लामा एक जना निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्थाअनुसार आउने ११ गतेदेखि लागू हुने गरी..

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

५ असोज, काठमाढडौँ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन्। ओली निकट स्रोतले सेतोपाटीलाई दिएको जानकारी अनुसार बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए। बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले..

शीतल निवासको ‘बोल्ड डिसिजन’ले नयाँ राजनीतिक द्वन्द्व सुरु

५ असोज, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै देशमा नयाँ राजनीतिक द्वन्द्व सुरु भएको छ । एकथरिले राष्ट्रपतिको निर्णयले संविधानको गम्भीर उल्लंघन भएको भन्दै आपत्ति जनाइरहेका छन् भने अर्काथरिले देश र राष्ट्रियताको पक्षमा राष्ट्रपतिले संविधानभन्दा माथि उठेर साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् । नेपालको संविधानअनुसार संसदको दुवै सदनबाट पहिलोपटक पारित भएर आएको विधेयक चित्त नबुझे राष्ट्रपतिले फिर्ता पठाउन सक्छिन् । तर, दोस्रोपटक पारित..