पहिचानको आन्दोलन दवाउन केन्द्र सरकार लागी परेको गृहमन्त्रीको आशय

पहिचानको आन्दोलन दवाउन केन्द्र सरकार लागी परेको गृहमन्त्रीको आशय


२६ जेष्ठ, काठमाण्डौँ । पहिचानको आन्दोलन दवाउन केन्द्र सरकार पनि लागी परेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले आशय ब्यक्त गरेको छन् । केन्द्र सरकारले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलनलाई नजिकबाट नियालिरहेको उनले बताएका छ । नेकपा एमालेले पहिचानको नाममा नेताहरुमाथि आक्रमण गर्नेसम्मका कार्य हुन थालेको भन्दै बिहीबार प्रतिनिधिसभामा सरकारसँग जवाफ मागेको थियो ।

त्यसक्रममा जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजक गतिविधिलाई सरकारले छुट नदिने बताए ।

कोशी प्रदेशका सन्दर्भमा संविधान अनुसार नै नामाकरण भएको उल्लेख गर्दै उनले नामाकरणको विरुद्धमा आन्दोलन घोषणा भएको सरकारको जानकारीमा रहेको बताए ।

पहिचानको नाममा भएका आन्दोलनका क्रममा अवान्छनीय र अराजक गतिविधिहरु देखा पर्नु सबैको लागि दुखको कुरा भएको उल्लेख गर्दै उनले सरकारले समन्वयमा वातावरण शान्त पार्ने प्रयास गरिरहेको पनि सुनाए ।

उनी भन्छन्, ‘प्रदेशका मुख्यमन्त्री, सांसद लगायतका व्यक्तिलाई अवरोध गर्ने र कोशी प्रदेश लेखिएका कार्यालय बोर्ड हटाउने कार्य हुन खोजेकोमा त्यसलाई रोक्ने कार्य सरकारले गरेको छ ।’

गृहमन्त्री श्रेष्ठले आन्दोलनरत पक्षसंग वार्ता गर्ने, आन्दोलनलाई छलफलको माध्यमबाट समाधान गराउने विषयमा कुनै कुरो उठाएनन् । उनले आन्दोलनलाई रोक्ने र आन्दोलनकारीलाई चेतावनीमात्र दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर