तराई केन्द्रित दलका सदावहार अध्यक्षः उपेन्द्र २६ वर्ष, महन्थ १६ वर्षदेखि

२५ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेमा ७० वर्षे उमेर हद हटाउने निर्णय भएसँगै सबै पार्टीमा उमेर हदको चर्चा सुरु भएको छ । तराई केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पनि उमेर हदको चर्चा सुरु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव २६ वर्षदेखि पार्टीको (फोरम सामाजिक संस्थाको रुपमा गठन भएदेखि) अध्यक्षमा विराजमान छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर १६ वर्षदेखि निरन्तर नेतृत्वमा छन् । यद्यपि..

एमालेभित्र पूर्व माओवादी कित्ता कमजोर बन्दै

२५ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेभित्र पूर्व माओवादी कित्ता कमजोर बन्दै गएको छ । एकपछि अर्काे गर्दै एमालेमा सहभागी भएका माओवादी धारका नेताहरू पाखा लाग्न थालेपछि उपस्थित कमजोर भएको हो । पार्टी सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले निलम्बन गरी सकेको छ । पार्टी स्थायी समिति सदस्य प्रभु साहले अलग भई आफ्नो नेतृत्वमा पार्टी गठन गरीसकेका छन् । अर्का स्थायी समिति सदस्य मणि थापा बिदा बस्ने भन्दै पत्र..

भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे बंगलादेशले स्पष्टीकरण सोध्ने

२४ जेष्ठ, काठमाण्डौँ । बंगलादेशले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको छ । बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए । उनले प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिम फैलिएको देखिएको उक्त नक्सामा नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको जानकारी गराए । बंगलादेशको विपक्षी दल बंगलादेश नेसनलिस्ट..

मुख्यमन्त्री कार्कीलाई राप्रपाको समर्थन यथावत रहने

२३ जेष्ठ, विराटनगर । कोशी प्रदेश सरकारमा रहेको राप्रपाले एमाले नेतृत्वको सरकारको विकल्पबारे अहिले नसोचेको बताएको छ । मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलासहितको छलफलमा कार्की नेतृत्वको सरकारको निरन्तरताको विकल्प नभएको निष्कर्ष निकालेको हो । बैठकमा राप्रपाका अरू प्रदेश सांसदसमेत सहभागी थिए । एमालेबाट प्रदेश मन्त्री, एमाले संसदीय दलका सचेतक र विराटनगरमा उपलब्ध केही प्रदेश सभा सदस्य सहभागी थिए । बैठकले बजेट..

नागरिकता विधेयक तत्काल कार्यन्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश

२१ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई दिनअघि प्रमाणीकरण भएको नागरिकता विधेयक ऐन तत्काल कार्यन्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वाेच्च अदालतले ऐन कायृन्वयन नगर्न अन्तरिम आदेश दिन नपर्ने भए के कति आधार र कारणबाट अन्तरिम आदेश दिनु नपर्ने हो सो सम्बन्धमा कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बोलाएको छ..

नागरिकता विधेयक रद्द नगरेसम्म एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने

२१ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी संशोधन विधेयक रद्द नगरेसम्म नेकपा एमालेले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ । अघिल्लो संसद्ले पारित गरेर प्रमाणीकरण नभएको विधेयक अहिलेको राष्ट्रपतिले प्रमाणीकरण गर्नु गैरसंवैधानिक काम भएकोले सो प्रमाणीकरण गरेको विधेयक रद्द नगरेसम्म संसद् अवरुद्ध गर्ने एमालेको प्रस्ट धारणा रहेको एमाले सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो । संसद् बैठक बस्नुअघि यसबारेमा एमालेको तर्फबाट सभामुख देवराज घिमिरेलाई यसबारे..

भारत भ्रमण विगतको भन्दा परिणामुखी भयोः प्रधानमन्त्री प्रचण्ड

२० जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी भएको बताउनुभएको छ । भारतको चार दिने भ्रमण पुरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । ‘विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा परिणामुखी रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत भएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले विगतमा भारतसँगको सम्बन्धमा विश्वासको..

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किए

२० जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले विदाई गरेकी थिईन् । भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले द्विपक्षीय वार्ताका क्रममा राजनीतिक, आर्थिक, व्यापार, ऊर्जा, सुरक्षा तथा विकास सहकार्यलगायतका विषयवस्तुलाई समेट्दै भारत र नेपालबीचको द्विपक्षीय एजेन्डाका सम्पूर्ण पक्षको समीक्षा गरेका थिए । प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू तथा उपराष्ट्रपति जगदीप धनकडसँग..

नेपालमा भएको ठूला हवाई दुर्घटना

१ माघ, काठमाण्डौँ । ७२ जना सवार यती एयरलाइन्सको विमान आइतबार विहान पोखराको सेती खोंचमा दुर्घटना भयो । काठमाडौंबाट विहान १०ः३० बजे ६८ जना यात्रु लिएर उठेको विमानमा चार जना चालक दलका सदस्य थिए । दुर्घटनामा परी मृत्यु भएका ३२ जनाको शव निकालिएको छ । अहिले पनि उद्धार जारी छ । उद्दारबारे अनुगमन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कन्ट्रोल रुममा पुगेका..

जहाज दुर्घटनामा सरकारले भोलि माघ २ गते शोक बिदा दिने

१ माघ, काठमाण्डौँ । सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । ‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उहाँले भन्नुभयोे । घटनाकाबारे परिवारजनलगायतलाई जानकारी..