पोखरामा दुर्घटनामा परेको विमान भारत र थाईल्याण्डले १३ बर्ष चलाएर बेचेको थियो

१ माघ, काठमाण्डौँ । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन–एनएसी विमान सन् २००७ मा बनेको खुलेको छ । फ्रान्सेली–इटालियन कन्सोर्टियम विमानले १५ वर्षदेखि उडान भरिरहेको हो । यो विमानले पहिलोपटक १ अगस्ट २००७ मा पहिलो उडान भरेको थियो । ७५४ सिरियल नम्बरको यो विमान १७ अगस्ट २००७ मा कम्पनीले भारतीय किंगफियर एयरलाइन्सलाई डेलिभर गरेको थियो । किंगफिसरले भीटी–केएजे कलसाइनमा यो विमान ३० मार्च २०१३ सम्म उडायो । अप्रिल २०१३..

विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका ३६ जनाको मृत्यु

१ माघ, काठमाण्डौँ । कास्कीमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डां नारायण श्रेष्ठले हालसम्म ३६ जनालाई अस्पताल ल्याइपुर्याइएको र सबै जनाको मृत्यु भएको जानकारी दिए । ‘अहिलेसम्म अस्पताल ल्याइएकामध्ये कोही पनि जिवित हुनुहुन्न। सबै अस्पतालबाट तथ्यांक लिँदा अहिलेसम्मको अवस्था यो छ’, श्रेष्ठले भने । विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए..

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

२० पोैष, काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बुधबार साँझ सुरु भएको बैठकमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । बैठकमा न्यूनतम साझा कार्यक्रम निर्माण, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सरकार गठनका लागि राष्ट्रपति सँग थप समय माग्ने गठबन्धनको तयारी

९ पैष, काठमाण्डौँ । सत्तारुढ गठबन्धनले सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँग थप समय माग्ने तयारी गरेको छ । संविधानले धारा ७६ (२) अनुसार राष्ट्रपतिले दिएको समय भोलि सकिँदै छ । सो समयभित्र गठबन्धनले सरकार बनाउन सहमति जुटाउन नसक्ने भएपछि थप समय माग्ने तयारी गरेको हो । संविधानले प्रतिनिधिसभा सदस्यको परिणाम आएको एक महिनाभित्र गठनको आह्वान गर्न भनेको छ । सोही अनुसार गठबन्धनले राष्ट्रपतिबाट पाएको १० दिनको समय भोलि सकिँदै..

देश मध्यावधि निर्वाचनमा जाने सम्भावना बढ्योः एमाले अध्यक्ष ओली

९ पैष, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् । प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा गरेको तर समयमा कदम नचालेको भन्दै ओलीले अरुले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने बताएका हुन् ।..

दुई महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिदै, वहालवालको तयारी के छ ?

  २६ मंसिर, काठमाण्डौँ । निर्वाचन सकिएर नयाँ सरकार गठनको होमवर्क भइरहँदा देशका प्रमुख दुई सम्मानित पदहरू पनि रिक्त हुँदै छन् । आगामी दुई महिनाभित्र देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउने छ । नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । उक्त धाराको उपधारा ३ मा निर्वाचन मण्डलको तत्काल कायम रहेको..

विश्वकप आयोजक राष्ट्रले कती पैसा कमाउँछ त ?

२ मंसिर, काठमाण्डौँ । मध्य एसियाली राष्ट्र कतारले पहिलो पटक फुटबल विश्वकप आयोजना गर्दैछ । विश्व क्यालेन्डरमा खेलकुदको सबैभन्दा ठूलो मेला हो– फुटबल विश्वकप । यहाँसम्म कि यो मेला ओलम्पिकभन्दा पनि चर्चित हुने गर्छ । विश्वका आधाभन्दा बढी जनसंख्याले २०२२ को विश्वकप हेर्ने अनुमान छ । पाँच विलियन मानिसले फुटबल विश्वकप हेर्ने आँकलन गरिएको छ । एक मिलियनभन्दा बढी मानिसले कतारमा गएर विश्वकप हेर्ने अनुमान गरिएको छ । टिकटदेखि मर्चन्डाइज..

निर्वाचन सुरक्षा व्यवस्थापनको विषयमा प्रधानसेनापति संग छलफल

२ मंसिर, काठमाण्डौँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनको विषयमा छलफल भएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले छलफल गरेको हो । आयोगको कान्तिपथस्थित कार्यालयमा भएको छलफलमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारबाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको बताए। निर्वाचन सुरक्षित वातावरणमा..

यो निर्वाचन नेकपा एसको अग्निपरिक्षाः चौथो दल बन्ला त ?

१ मंसिर, काठमाण्डौँ । नेकपा एमालेबाट विद्रोह गरेर पहिलोपटक नेकपा एस प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिँदैछ । सो पार्टी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनको आडमा चुनाव लडेको थियो । गठबन्धनकै सहयोगमा पोखरा महानगर र हेटौंडा उपमहानगरको नेतृत्वमा जितेर चार लाख २२ हजार ७३७ मत ल्याएको थियो । स्थानीय तह निर्वाचनमा गठबन्धनले धोका दिएको भन्दै अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत नेताहरु असन्तुष्ट बनेका थिए..

भोट तान्न सास्तो चुनावी वाचाः जिताएर पठाए मन्त्री बनाउने

१ मंसिर,, काठमाण्डौँ । चुनाव प्रचारका लागि निर्वाचन आयोगले अनुमति दिएयता प्रमुख दलका शीर्ष नेताले देशदौडाहमा छन् । यस्तोमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अगाडि छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन जिल्ला–जिल्ला पुगेर उनीहरु भाषण गरे । यस क्रममा आफ्ना उम्मेदवारका पक्षमा मतदाता तान्न उनीहरुले अनेकन कुरा बोले । यसमध्ये ‘आफनो उम्मेदवारलाई जिताएर पठाएमा..