दमकमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दमकमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

इलाम । झापाको दमकमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक र पछाडि सवार रहेका युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राई रहेको प्रहरीले जनाएको छ ।

अस्पताल पुर्याउनसाथ दिउँसो ३ः५० बजेतिर दुवै जनालाई चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक उदयपुरको त्रियुगा नगरपालिका–९ रातमाटेका ३२ वर्षीय हिवराज रायलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर