झापामा लागुऔषध नियन्त्रण, रोकथाम तथा पहिचानका लागि ‘डग स्न्यापिङ’

९ साउन, झापा । झापामा लागुऔषध नियन्त्रण, रोकथाम तथा पहिचानका लागि दुई वटा कुकुरबाट ‘डग स्न्यापिङ’ गरिएको छ । बिहीवार प्रदेश प्रहरी कार्यालय ‘के नाईन’ शाखा धरानको टोलीले मेचीनगरको विभिन्न स्थानमा पहिचानको काम गरेको थियो । बिहीवार साँझ झापा मेचिनगर ९ झोडास्थित क्षेत्रबाट पहिचानको काम सुरु गरिएको थियो । टोलीले मेचीनगर –९ झोडा, लिलाबस्ति, खुट्टिडाँगि, वडा नं. १० को पाथिभरा टोल, खयरडाँगी, दनुवार बस्ति एरियामा डग स्नापिङ गरिएको झापा प्रहरीले..

विद्या भण्डारीले भनिन्– माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ

६ साउन, काठामाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा नेतृत्वको दाबी नछाड्ने बताएकी छिन् । आफ्नै निवास भंगालमा केही पत्रकारसँग कुराकानी गर्दै भण्डारीले उक्त दाबी गरेकी हुन् । पत्रकारसँग उनले भनिन्, 'म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ ।' भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने निर्णयसँगै एमालेको आन्तरिक राजनीति पेचिलो बन्दै गएको छ । एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पनि भण्डारीको पक्ष र विपक्षमा मत व्यक्त भइरहेको छ । एमालेको ११औँ महाधिवेशनमा..

राप्रपामा गम्भीर मतभेद, रवीन्द्र मिश्र मौन

५  साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र तीव्र मतभेद बढेका बेला वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उनीनिकट नेताहरू मौन छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते नवराज सुवेदी र सगुनसुन्दर लावती तथा साउन २ गते मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए। सुवेदी अनुशासन समिति अध्यक्ष, लावती प्रवक्ता र गिरी उपाध्यक्ष तथा केन्द्रीय सदस्य थिए। उनीहरूलाई विगतमा अध्यक्ष लिङ्देनले नै मनोनीत गरेका थिए। अध्यक्ष लिङ्देनले नेताहरूमाथि गरेको कारबाही विधानसम्मत नभएको..

‘विष्फोटक’ अभिव्यक्ति दिएकी झाक्रीको ‘नो रेस्पोन्स’ : कारवाहीमा अन्योलता !

५ साउन, काठमाण्डौँ । पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका नेतालाई लक्षित गर्दै नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले दिएको ‘विष्फोटक’ अभिव्यक्तिपछि उनलाई कस्तो कारबाही गर्ने भन्नेमा पार्टीभित्र अन्यौलता छ । स्वयं झाँक्रीले भने यस विषयमा पार्टीलाई कुनै ‘रेस्पोन्स’ दिएकी छैनन् । झाँक्रीले असार १४ गते रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको प्रदेश भेलालाई सम्बोधन गर्दै पार्टीभित्रका विभिन्न व्यक्तिमाथि कानुनी र नैतिक प्रश्नहरू उठेको र ‘मरेको सिनो’ बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिइन् ।..

झापा हल्दिबारीको चिया बगानहरुमा ‘लुपर’ कीराको प्रकोप

४ साउन, झापा । झापाको हल्दिबारी गाउँपालिकाको चिया बगानहरुमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको छ । हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरुले यसबाट ठूलो क्षति व्यहोर्नुपरेको छ । झापाको मध्यभागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँच वटा वडाको लगभग एक हजार पाँच सय बिघा क्षेत्रफलमा फैलिएको चिया बगानमा ‘लुपर’ कीराको प्रकोप फैलिएको पालिकाका कृषि शाखाका प्रमुख छविलाल गुरुङले बताउनुभयो । “किसानहरुले किरा फैलिएको जानकारी गराउनासाथ बगानको अनुगमन..

प्रधाानमन्त्री ओलीले गरे मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको समन्वयमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडकको आज एक कार्यक्रमका बीच प्रम ओलीले उद्घाटन गरे । विश्व बैकको सहयोगमा नेपालभरका १७ सडकमध्ये एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना..

ओलीबिनाको एमाले सम्भव छैन, जाल बुन्नेहरू सफल हुँदैनन्; प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई अरूले हराउन नसक्ने बताएका छन् । एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिद्ध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताए । केपी ओलीबिनाको एमाले..

असारे खडेरीले रोपाई हुन सकेन, किसानहरु चिन्तित

२७ असार, झापा । धान रोप्ने मुख्य समयमा पर्याप्त पानी नपर्दा झापाका किसानहरु चिन्तित बनेका छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकोमा यसपालि असार बितिसक्न लाग्दा पनि पानी नपरेको कारण रोपाई हुन सकेको छैन । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी हुनुहुन्छ । उहाँको दुई बिघा खेत सुक्खा गरा बनेका छन् । “गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान..

आरोप-प्रत्यारोपले सांसदको मूल जिम्मेवारी छायामा पर्‍योः सांसद नेम्वाङ

२५ असार, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहस नहुँदा सांसदको मूल जिम्मेवारी छायामा परेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले संसदको अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राखेका हुन् । ‘स्वच्छ बहस जीवित लोकतन्त्रमा एकदमै आवश्यक चिज हो । तर दुर्भाग्यबस कहिलेकाँही रचनात्मक बहसको सट्टा अरू विषयमा समय खर्च गरेर बसिरहेका छौं’..

मुलुकभर ४५ प्रतिशतमात्र धान रोपाइँ सम्पन्न

काठमाडौँ, २४ असार । असार अन्तिम हुन लाग्दा मुलुकभर ४५ प्रतिशत अर्थात् छ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । सोमबारसम्म मुलुकभर ४५.०३ प्रतिशत अर्थात् छ लाख २३ हजार १०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको बाली विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यसै अवधिमा ४३.५ प्रतिशत धान रोपाइँ भएको थियो । समयमा वर्षा सुरु भएकाले गत वर्षको तुलनामा दुई प्रतिशत बढी धान रोपाइँ भएको तथ्याङ्कले देखाएको छ ।..