सलकपुर मह उत्पादनको महत्त्वपूर्ण केन्द्र बन्दै

इलाम – इलामको रोङ गाउँपालिका ६, सलकपुर मह उत्पादनको महत्त्वपूर्ण केन्द्र बन्दैछ । तर, यही पहिचान बनाइरहेको मौरीपालन व्यवसाय अहिले मौरीको घट्दो संख्या, वातावरणीय जोखिम र प्राविधिक अभावका कारण चुनौतीको मोडमा पुगेको छ । बजारमा महको माग बढ्दो भएपनि उत्पादन दीगो बनाउने सबाल अझै पेचिलो देखिएको छ । तराईका २१ जिल्लामा मेलिफिरा जातको मौरी पालिनेगरेपनि पहाडी जिल्लामा सेरेना लोकल जातको मौरी प्रमुख मानिन्छ । सामान्यतया तातो र पूर्वपट्टि फर्किएको स्थानमा..

माइजोगमाई गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड सम्पन्न

माइजोगमाई (इलाम) – माइजोगमाई गाउँपालिकास्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड सम्पन्न भएको छ । प्रतियोगितामा नयाँबजारको अमरकल्याण मावि २० पदकसहित पहिलो भएको छ । अमरकल्याण माविले १२ स्वर्ण, ६ रजत र २ कास्य पदक जितेको हो । नामसालिङ मावि १० स्वर्ण र ८ रजत गरी कुल १८ पदकसहित दोस्रो भयो । नामसालिङकै नेपाल ज्योति मावि ३ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल १३ पदकसहित तेस्रो भएको छ । सोयाङको..

अलैँची निर्यात १०९ प्रतिशतले बढ्यो

१९ मंसिर, झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको हो । चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१र८२ को सोही..

खानेपानी अभाव झेल्दै इलामका बाढी–पहिरोपीडित

इलाम– गत असोज १८ र १९ को विपदका कारण इलामका धेरै खानेपानी मुहान र आयोजनामा क्षति पुुगेपछि धेरै संख्याका स्थानीय खानेपानीको चपेटामा छन् । बाढी र पहिरोमा घर पूर्ण क्षति बेहोरेका परिवार अहिले सहज खानेपानीबाट बञ्चित भएका हुन् । इलाम नगरपालिका, सूर्याेदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, फाकफोकथुम, माङ्सेबुङ गाउँपालिकासहित विपद् प्रभावित सबैजसो पालिामा खानेपानीका मुहान र आयोजनामा क्षति पुगेको छ । पहिरोका कारण अहिले सबैभन्दा बढी सन्दकपुर गाउँपालिका–४, माबुका..

युवालाई एमाले प्रवेश गराउदैँ सुहाङ

इलाम । इलामको माङसेबुङमा युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीद्वारा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका साथै नवयुवाहरू एमालेमा प्रवेश गरेका हुन् । भीमराज लिम्बू, दीपेन्द्र योङहाङ, धनकुमार राई, हर्कमाया राई, सुनिता लिम्बू, गोल्ला राई, विना योङहाङलगायत एक दर्जन बढी युवाहरु एमालेमा भित्रिएका छन् । कोशी प्रदेशका मन्त्री राम राना, निवर्तमान सांसद सुहाङ नेम्वाङलगायतले उनीहरूलाई एमालेमा स्वागत गरे ।

अविरल वर्षाले मेची राजमार्ग अझै बन्दः चार जिल्लाका यात्रु प्रभावित

१५ कार्तिक, इलाम । बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ । राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन् । सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार पहिरो पन्छाए पनि सडक भासिने क्रम रोकिएको छैन । “सडक खुलाउन हामी अहोरात्र खटेका छौंँ तर सडक भासिने क्रम रोकिएको छैन”, उनले भने । मेची राजमार्ग अवरुद्ध हँुदा..

दमकमा एमालेको सद्भाव र्याली सम्पन्न

१५ कार्तिक, झापा । नेकपा एमाले दमक नगर कमिटीको संयोजनमा दमकमा सद्भाव मोटरसाइकल र्याली निकालिएको छ । देशमा जेन जी आन्दोलन पश्चात उत्पन्न बिषम राजनीतिक परिस्थितीकाबीच दमक नगर कमिटी अन्तर्गत जनसंगठन संयन्त्रको आयोजनामा नगर संयोजक बिवेक भट्टराईको नेतृत्वमा आयोजित उक्त र्याली निकालिएको हो । र्यालीमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशसभा सदस्य होम थापा, एमाले झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीलगायतका नेताहरूको उपस्थिती रहेको थियो । र्यालीमा..

वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध

१५ कार्तिक, झापा । हिजो बिहीबारदेखि सुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । गएको असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो । पहिरोमाथिनै सडक ट्याक बनाएर पुनः सडक सञ्चालन गरिए पनि वर्षाका कारण पुनः सडक अवरुद्ध भएको हो । मेची राजमार्गमा हिजो साँझ देखिनै जिल्ला प्रशासन कार्यालय इलामले यातायात बन्द गरेको थियो । यो सडकको विकल्पमा रहेको..

रतुवा नदी किनारको छठ पूजा घाटमा साझको रैनक (फोटो फिचर)

१० कार्तिक, झापा । दमकको रतुवा नदी किनारमा छठ पूजा घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । साँझको समयमा छठ घाटमा घुम्न र पुजा गर्न आउने दर्शनार्थीहरुको भिड देखिएको छ ।

झापा आन्दोलनका सहिदको शालिक पुनः ठड्याईयो

९ कार्तिक, झापा । भदौ २३ र २४ गते भएको आन्दोलनमा अराजक समूहले ढालेका सुखानीका जेनजी शहिदहरुलाई उठाइएको छ । अर्जुनधारास्थित सुखानी स्मृति पार्कमा झिलमा तोडफोड गरी शहिदको शालिक ढालिएको थियो । सुखानी शहिद स्मृति प्रतिष्ठान उद्यान व्यवस्थापन समितिले डोरी लगाएर शालिक उठाएको छ । शहिदका शालिक अहिले डोरीको भरमा अढ्याइएको उद्यानका अध्यक्ष भैरव खड्काले जानकारी दिए । उनका अनुसार लढाइएका शहिदलाई दशैंअघि नै उठाइएको हो । पर्यटकीय स्थलका रुपमा..