
इलाम । इलामको सूर्याेदय नगरपालिका आर्थिक वर्ष २०८१र०८२ को कार्य सम्पादन मूल्यांकनमा जिल्लाका १० पालिकामध्ये पहिलो भएको छ । ७२ दशमलब ८७ अंकसहित सूर्याेदय पहिलो भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोजले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार इलाम नगरपालिका ७२.०९ अंकसहित दोस्रो र सन्दकपुर गाउँपालिका ७०.५६ अंकसहित तेस्रो भएका छन् ।
देउमाईले ६५.३५, माई नगरले ५५.८२, चुलाचुली गाउँपालिकाले ५५.३५, माइजोगमाई गाउँपालिकाले ५१.४६ अंक पाएका छन् । त्यस्तै, फाकफोकथुम गाउँपालिकाले ४८.९१, माङ्सेबुङ गाउँपालिकाले ४६.३१ र रोङ गाउँपालिकाले ४२.४३ अंक पाएका छन् ।
प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्यांकन कार्यविधि–२०७८ अनुसार विभिन्न १७ सूचकका आधारमा आयोगले मूल्यांकन गरी स्थानीय तहलाई अंक प्रदान गर्ने गरेको छ ।
आव २०८०र०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा सूर्याेदय ९० दशमलव ५ अंकसहित प्रदेशको पहिलो र देशभरको छैटौं भएको थियो । त्यही वर्ष स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा ९९ अंकसहित सूर्याेदय देशकै दोस्रो भएको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७