
५ चैत्र, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेतृत्व सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन् ।
निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले आन्तरिक छलफलमा जुटेका हुन् ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सीट जितेको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारिसकेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७