मुख्य समाचार
दमक क्याम्पस खेलकुद सप्ताहको तयारी पुरा
१२ चैत्र, झापा । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा दमक बहुमुखी क्याम्पसमा सञ्चालन हुन लागेको खेलकुद सप्ताहको तयारी पूरा भएको छ । आगामी चैत १५ गतेदेखि सुरु हुने उक्त कार्यक्रम सफल बनाउन आवश्यक प्राविधिक, व्यवस्थापकीय तथा प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको खेलकुद सप्ताह संयोजक संजय राईले जानकारी दिएका छन् । स्ववियुको आयोजनामा हुन लागेको खेलकुद सप्ताहलाई यस वर्ष विशेष उत्साहका साथ सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विद्यार्थीहरूबाट उत्साहजनक सहभागिताका लागि..
गगन थापाको राजीनामा अस्वीकृत
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । फागुन २१ मा सम्पन्न निर्वाचनमा परिणामलाई लिएर नैतिक रूपमा राजीनामा दिए पनि त्यसलाई कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले राजीनामा अस्वीकार गर्नुका आधार पनि प्रस्तुत गरेको छ । जुन यस्ता छन् । राजीनामा अस्वीकार गर्ने आधारहरू; निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको वर्तमान जटिल..
क्षतिग्रस्त इलाल बजार शहरी खानेपानी आयोजनाको मर्मत धमाधम हुँदै
इलाम । इलाम इलाम सदरमुकाममा सञ्चालित ‘इलाम शहरी खानेपानी आयोजना तथा सरसफाई आयोजना’ अन्तर्गत क्षतिग्रस्त राते र मेवा खोला मुहानको पूर्वाधार संरचना र पाइप लाइन पुनःनिर्माण तथा मर्मत धमाधम भइरहेको छ । गतवर्षको वर्षादका कारण आएको बाढीले क्षतिग्रस्त सन्दकपुर गाउँपालिकास्थित दुवै मुहानको संरचना र पाइपलाइन पुनःनिर्माण तथा मर्मत सुधारको कार्य तीव्र गति अगाडि बढाइको छ । बिग्रिएका संरचना र पाइपलाइन मर्मत नगरिदाँ उपभोक्ताले भोग्दै आएको समस्या समाधान गर्न सरोकारवालाको आपसी..
रास्वपाका शीर्ष नेतृत्व सरकार गठनबारे आन्तरिक छलफलमा
५ चैत्र, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेतृत्व सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले आन्तरिक छलफलमा जुटेका हुन् । फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सीट जितेको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारिसकेको छ ।
जेन्जी आन्दोलन पछि विस्थापित माईको दानाबारी सशस्त्र बेस क्याम्प पुनः स्थापना
इलाम । माई नगरपालिका वडा नं. ४ मा दानाबारीमा रहेको सशस्त्र प्रहरी बेस क्याम्प पुनः स्थापना गरिएको छ । गत भदौ २३ र २४ गरेको जेन्जी आन्दोलनका क्रममा विस्थापित भएको उक्त क्याम्प सोमबार औपचारिक रूपमा पुनस्र्थापना गरिएको हो । गत फागुन २१ गते निर्वाचनका लागि माई नगरपालिका क्षेत्रमा आएका सशस्त्र प्रहरीलाई नै जिम्मेवारी दिने गरि वेस क्याम्प पुनस्र्थापना गरिएको बताईएको छ । वेस क्याम्प पुनस्र्थापनामा सशस्त्र प्रहरी कार्यालय इलामका प्रमुख..
इलामको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी प्रशोधन गरिँदै
४ चैत्र, इलाम । इलामको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी संकलन गरी प्रशोधन गरिँदैछ । रोङ गाउँपालिका–३ स्थित मन्दिरमा रहेको सुन र चाँदी केही दिनअघि गाउँपालिका कार्यालयमै संकलन गरिएको थियो । विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी गराइ गरिएको संकलनमा प्रशोधन गर्नुअघि १३.४५ तोला सुन र ६०९.५७ तोला चाँदीको तौल यकिन गरिएको रोङ गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले गाउँपालिकाले मन्दिरको व्यवस्थापन जिम्मा लिएपछिको मात्रै सुन–चाँदीको हिसाब–किताब आएको..
इलाम २ मा एमालेको ३ दशकयताको विरासत जोगाउन सुहाङ सफल
इलाम । इलाम क्षेत्र २ मा नेकपा (एमाले) आफ्नो ३ दशकयताको विरासत जोगाउन सफल भएको छ । एमालेका युवा केन्द्रीय सदस्य सुहाङ नेम्बाङ यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । भर्खरै सकिएको मतगणनामा नेम्बाङ २२ हजार ४ सय २६ मतसहित विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यको १४ हजार ६ सय ५० मत आचार्यको मत आएको छ । श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४..
आठ महिनामा दुई अर्ब ७० करोड ५८ लाख राजस्व सङ्कलन
१ चौत्र, झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८० दशमलव ४३ प्रतिशत हो । कार्यालयका प्रमुख करअधिकृत गोपालबहादुर थापाका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु तीन अर्ब ३६ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । फागुनमा मात्र रु..
निर्वाचन गराउन साइपाल लागे कर्मचारी, तीन दिनसम्म पैदल यात्रा
बझाङ । दुर्गम हिमाली जिल्ला बझाङको साइपाल गाउँपालिका अन्तर्गतका मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी निर्वाचन सामग्री बोकेर तीन दिनसम्म पैदल हिँड्दै कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार शनिबार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीले सदरमुकाम चैनपुरबाट निर्वाचन सामग्री बुझेर यात्रा सुरु गरेका हुन्। मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले दुर्गम भौगोलिक अवस्थाका कारण सम्बन्धित मतदान केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल..
१६ महिनापछि फेरि भोट माग्दै- व्यक्तिगत शालीनताले मतदाताको मन जित्न खोज्दै सुहाङ
इलाम । चुलाचुली-५ पोखरी डाँडाका दिलिपकुमार दियाली पत्नी कल्पनासहित सोमबार बिहान खेतमा मकै छर्दै थिए । झापाको दमकसँग जोडिएको चुलाचुलीको यो क्षेत्र सुख्खाग्रस्त भूमि हो, सिंचाइका कारण अहिले हराभरा भएको छ । सुख्खायाममा मरूभूमि जस्तो हुने यो क्षेत्रमा टाढाबाट सिँचाइ कुलो आएपछि जीवनस्तर सुधारिएको स्थानीयको भनाइ छ । ‘यो क्षेत्रमा भएको विकासले हामी सुवास नेम्वाङलाई सम्झिन्छौं, सुवास नेम्वाङको निधन भएपछि उनका छोरा हाम्रो ठाउँको सांसद बने । सुहाङ पनि बाउ जस्तै..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७