क्षतिग्रस्त इलाल बजार शहरी खानेपानी आयोजनाको मर्मत धमाधम हुँदै

क्षतिग्रस्त इलाल बजार शहरी खानेपानी आयोजनाको मर्मत धमाधम हुँदै

इलाम । इलाम इलाम सदरमुकाममा सञ्चालित ‘इलाम शहरी खानेपानी आयोजना तथा सरसफाई आयोजना’ अन्तर्गत क्षतिग्रस्त राते र मेवा खोला मुहानको पूर्वाधार संरचना र पाइप लाइन पुनःनिर्माण तथा मर्मत धमाधम भइरहेको छ । गतवर्षको वर्षादका कारण आएको बाढीले क्षतिग्रस्त सन्दकपुर गाउँपालिकास्थित दुवै मुहानको संरचना र पाइपलाइन पुनःनिर्माण तथा मर्मत सुधारको कार्य तीव्र गति अगाडि बढाइको छ ।

बिग्रिएका संरचना र पाइपलाइन मर्मत नगरिदाँ उपभोक्ताले भोग्दै आएको समस्या समाधान गर्न सरोकारवालाको आपसी समन्वयमा धमाधम मर्मत कार्य सञ्चालन भइरहेको ‘इलाम शहरी खानेपानी आयोजना तथा सरसफाई आयोजना’ उपभोक्ता समितिका अध्यक्ष समेत रहेका इलाम नगर प्रमुख केदार थापाले बताए । उनले क्षतिग्रस्त भएका आयोजना मर्मतपछि चाँडै सञ्चालनमा ल्याइने तयारी गरिएको बताए ।

हाल दुवै मुहानमा ट्याङ्की निर्माण, पाइपलाइन परिवर्तन, मुहान संरक्षण तथा वितरण प्रणाली सुधारका काम एकसाथ अघि बढाइएको छ । नगरप्रमुख थापाले उपभोक्तालाई नियमित र स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यसहित कामलाई तीव्रता दिइएको बताउँदै गुणस्तरीय निर्माण र दीर्घकालीन व्यवस्थापनमा विशेष ध्यान दिइएको उल्लेख गरे ।

मर्मतपछि इलाम बजारमा खानेपानीको आपूर्ति नियमित र स्वच्छ बनाउने अपेक्षा गरिएको प्रमुख थापाको भनाइ छ । ‘अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । चाँडै सम्पन्न गर्ने तयारी गरेका छौं,’ नगरप्रमुख थापाले भने, ‘यसलाई नगरपालिकाबाट कानुन बनाएर चाँडै खानेपानी बोर्डमार्फत व्यवस्थित गर्नेछौं ।’ सो आयोजना मर्मतको जिम्मा ग्लोबल निर्माण कम्पनीले पाएको छ ।

दुई करोड ९५ लाख ८४ हजार २३० रुपैयाँको लागतमा आयोजना मर्मतको ठेक्का पाएको हो । ठेकेदार कम्पनीले मर्मतसम्भार अन्तर्गत राते खोला र मेवा खोलाको मुहानमा इन्टेक निर्माण गर्नेछ । साथै वितरण तथा ट्रान्समिसनका लागि ८ दशमलव २ किलोमिटर (८ हजार २ सय मिटर) पाइपलाइन विस्तार एवम् पाइपलाइन संरक्षणका लागि ७७६ घनमिटर ग्याबियन र ८९ घनमिटर स्टोन मेसिनरीको काम सम्पन्न गर्नेछ ।

२०८२ पुस ६ गते ९२१ डिसेम्बर २०२५० सम्झौता भएको आयोजना मर्मतको काम चार महिना अर्थात २०८३ वैसाख ७ गते ९२० अप्रिल २०२६० सम्पन्न गरिसक्नुपर्ने छ । निर्धारित समयमा नै काम सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको आयोजनाका इन्जिनियर बैजनाथ शाह बताए । आयोजनाको काम सम्पन्न भएपछि पनि १ वर्षसम्म मुख्य मुख्य टुटफूट भएमा त्यसको मर्मतसम्भार निर्माण कम्पनीले नै गर्ने इन्जिनियर शाहले बताए ।

इलाम सदरमुकामबाट करिब ४३ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको छ । राते र मेवाखोलाबाट १०र१० लिटर प्रतिसेकेण्ड पानी आउनेछ । सो आयोजना ४ वर्षअघि एसियाली बिकास बैंक एडीवीको सहयोगमा निर्माण सम्पन्न भएको थियो ।

आयोजनाको ५७ करोड ९५ लाख सात हजारमा ‘रमण कन्ट्रक्सन कम्पनी’ ले ठेक्का लिएको हो । आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषको १४ करोड ४८ लाख ७७ हजार र उपभोक्तामार्फत उठाइएको २ करोड ८९ लाख ७५ हजारमार्फत आयोजना सञ्चालन गरिएको थियो ।

संयुक्त अनुगमन
यसैबीच बिहीबार वर्षादबाट क्षतिग्रस्त खानेपानी आयोजनाको मुहान, सडक निर्माणका क्रममा क्षतिग्रस्त पाइपलाइन एवम् खानेपानी आयोजना मर्मतको सम्बन्धित सरोकारवालाहरूबाट संयुक्त अनुगमन तथा निरीक्षण गरिएको छ ।

इलाम नगरपालिका, सडक डिभिजन कार्यालय, ठेकेदार कम्पनीका प्रतिनिधि तथा पत्रकारहरूको सहभागितामा क्षतिग्रित क्षेत्र एवम् मर्मत भइरहेका खानेपानी आयोजनाको संरचनाहरूको स्थलगत निरीक्षण गरिएको हो । टोलीले ट्याङ्की निर्माण, पाइपलाइन मर्मत, मुहान संरक्षणलगायतका कामको प्रगति तथा गुणस्तरबारे अनुगमन गरेको थियो ।

सडक निर्माणले क्षतिग्रस्त पाइपलाइन मर्मत सडकले नै गर्ने
अनुगमनका क्रममा निर्माणाधीन राष्ट्रिय राजमार्ग–७४ (बिब्ल्याँटे–माइपोखरी–सन्दकपुर सडक) निर्माणका क्रममा समेत खानेपानी आयोजनाको पाइपाइलनमा क्षति पुर्‍याएको पाइएको छ । पहिरो र सडक निर्माणका क्रममा करिब ७ किलोमिटर पाइपलाइन क्षतिग्रस्त भएको पाइएको छ । सडक निर्माणका क्रममा कति र पहिरोबाट कति क्षति भएको भन्ने यकिन भने भएको छैन ।

सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले सडक निर्माणका क्रममा क्षतिग्रस्त पाइपलाइनको पुनस्र्थापना सडकबाटै गरिने बताए । त्यसका लागि क्षति र लगत स्टिमेटको काम भइरहेको उनले बताए । ‘सडक निर्माणका क्रममा कतिपय पाइपलाइनको लोकेशन थाहा नभए क्षति भएको छ । त्यसको पुनस्र्थापनाका लागि लगत स्टिमेटको काम भइरहेको छ,’ प्रमुख भट्टराईले भने,

‘आगामी दिनमा बाटोको काम गर्दा नबिग्रने गरी सकेसक्क नालीको भाग बाहिर राखेर पाइपलाइन व्यवस्थापन गर्ने र नसकेको खण्डमा बाटोको काम गर्न नबिग्रने गरी पर्याप्त गहिराईमा राखेर काम गरिनेछ । हामी नगरपालिकासँग समन्वयमा नै काम गर्नेछौं ।’ प्रमुख भट्टराईले क्षतिग्रस्त पाइपलाइनको ९० प्रतिशत पुनस्प्रयोग गर्न सकिने भएकाले प्राथमिकतामा राखेर पुनस्र्थापना गर्ने बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर