उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण उपलब्धिमुलक

१९ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण सफल भएको बताए । नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए । उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास..

कराते खेलाडी एरिकाले अमेरिकामा जितिन् १ स्वर्ण र १ रजत

१९ चैत । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् । १९औं एसियाडकी रजत विजेता एरिकाले यू–२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । गएराति भएको खेलमा एरिकाले क्यानडेली खेलाडीलाई ९–० ले पराजित गरेकी थिइन् । यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा पराजित हुँदे रजत जितिन् । सोमबार बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी..

चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्कँदै

१९ चैत । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा उनीहरूबिच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल तीव्र आर्थिक विकासको यात्रामा अघि बढिरहेको जानकारी दिँदै त्यसका लागि छिमेकी मुलुक..

बाल सुधारगृहमा विद्यालयको व्यवस्था गर्न कांग्रेस सचेतक थिङको माग

१८ चैत । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले बाल सुधारगृहमा तत्काल विद्यालयको व्यवस्था गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् । “बाल सुधारगृहमा विद्यालय सञ्चालन गर्नुपर्छ कि पर्दैन ? तत्काल बालसुधार गृहमा विद्यालय सञ्चालन गरियोस्,” उनले भनिन् । नेपालमा आठ बाल सुधारगृह छन् । सरकारले सञ्चालन गरेका चार बाल सुधारगृहमा विद्यालय नभएको उनले जानकारी गराइन् । उनले कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूको टोलीले..

धरानवासीलाई खानेपानीको व्यवस्था गर्न सरकार गम्भीर छः अर्थमन्त्री पुन

१८ चैत । अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई खानेपानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन अर्थमन्त्रालय पुगेका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए । मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गर्दै सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए । ‘धरान धेरै राम्रो र सुन्दर सहर हो,..

रोनाल्डोको ह्याट्रिमा अल नासरको जित

१८ चैत । कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिमा अल नासरले साउदी प्रो लिगमा अल ताईलाई पराजित गरेको छ। अल अवाल रंगशालामा शनिबार सम्पन्न खेलमा अल ताईलाई घरेलु टोली अल नासरले ५–१ गोल अन्तरले पराजित गरेको हो। अल नासरको जितमा रोनाल्डोले ह्याट्रिक गर्दा ओक्टोभियो र अब्दुलरहमान घरीबको नाममा १र१ गोल रह्यो। अल ताईका भिर्गिल मिसिडजानले एक गोल फर्काए। रोनाल्डोले देलको ६५, ६७ र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अक्टोभियोले २०..

आगामी उपनिर्वाचन एमालेले जित्ने पार्टी अध्यक्ष आलीको दावी

१७ चैत । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने..

आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’को लगातार दोस्रो हार

१७ चैत । नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो । २ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्‍यो । योसँगै आयरल्याण्डले २–० ले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ । नेपाललाई..

म्यानचेस्टर सिटीले १४ वर्षीय सुलिभानलाई कीर्तिमानी रकममा भित्र्याउँदै

१५ चैत । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले १४ वर्षीय अमेरिकी वन्डरकिड क्याभान सुलिभानलाई कीर्तिमानी रकममा भित्र्याउने भएको छ। फिलाडेल्फिया युनियनबाट खेल्दै आएका सुलिभान विश्व फुटबलमा सम्भावना बोकेको खेलाडी मानिन्छन्। उनलाई भित्र्याउन स्पेनिस क्लब रियल मड्रिड, जर्मन क्लब बायर्न म्युनिख तथा बोरुसिया डर्टमुन्ड र फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) पनि इच्छुक थिए। मेल स्पोट्र्सका अनुसार आक्रमणकारी मिडफिल्डरलाई भित्र्याउने दौडमा सिटी अग्रस्थानमा रहेको छ। द एथलेटिकका अनुसार प्रिमियर लिग र..

नेपाल-भारतबीच विद्युत आयात सम्झौता नवीकरण

१५ चैत, काठमाडौं । नेपाल र भारतबीच विद्युत आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत आयात गर्न पाइने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने जानकारी उनले दिए ।..