मुख्य समाचार
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्
१६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन आह्वान गरेका छन्। ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई..
चिनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क
१६ बैशाख । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको हो । नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवद्र्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका लागि यो निर्णय लिएको बताए । नेपालले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि भिसा निःशुल्क गरेको छ । चीनले पनि भिसा निःशुल्क..
उपनिर्वाचनको दिन १५ प्रकारका सवारी साधन चल्न दिने निर्वाचन आयोगको निर्णय
१४ बैशाख । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनको मतदान हुने (वैशाख १५) गतेका दिन १५ प्रकारका सवारी साधन चल्न दिने भएको छ । आयोगको शुक्रबार बसेको बैठकले इलाम २ प्रतिनिधिसभा सदस्य र बझाङ १ (१) प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि मतदाता ओसारपसार गर्ने बाहेकका सवारी साधन चल्ने व्यवस्था मिलाउन मतदान हुने जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन..
प्रधानमन्त्री प्रचण्ड भन्छन्- बौद्धिक पलायन रोक्न पाठ्यक्रम सान्दर्भिक बनाऔं
१४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका हुन्। ‘युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराइ बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रविधिमा आधारित..
फास्ट ट्रयाकबाट कानुन बनाइ सहकारी पीडितका समस्या समाधान गरिने
१४ बैशाख । सरकारले फास्ट ट्रयाकबाट कानुन बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग सरकारले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको समस्यका बारेमा मन्त्रीपरिषद्को बैठकमा गम्भीरतापूर्वक छलफल भएको बताइन् । उनले तत्काल कानुनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताहरूले व्यहोर्नुभएको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय भएको..
पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय
१४ बैशाख । अहिले कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत रौतहटले बिहिवार उनलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए । सो मुद्दामा उनलाई प्रहरीले ०७६ असोजमा..
उपनिर्वाचनका दिन इलाम २ मा यातायात बन्द
१३ बैशाख । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिब्रता दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो । विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ । संचारकर्मीहरुका हकमा आफू कार्यरत संचारमाध्यमको सिफारिस, संचारमाध्यमको परिचय पत्र, सवारी साधनको..
उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
१३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (वैशाख १५) को प्रतिनिधिसभा र प्रदेशसभा उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।
उपनिर्वाचनको मौन अवधि सुरु
१३ बैशाख । वैशाख १५ गते हुने उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार मध्यरातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले..
ओली भन्छन्- सुहाङ्ग विजयी हुने निश्चित छ
१२ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले अगाडि सारेको, माओवादी केन्द्र नेकपा र परिवार दलको साझा उम्मेदवार सुहाङ्ग विजयी हुने निश्चित भएको बताए । उनले इलामेली जनताको आत्मविश्वासले सुहाङ्गले जित्ने पक्का भएको बताए। ४८ र ५१ सालमा एमालेले चुनाव लडेजस्तो समय नभएको उल्लेख गर्दै उनले भने, ‘कम्युनिस्टले चुनाव जित्यो भने ६० वर्ष माथिकालाई गोली हानेर मार्छन् भनेर प्रचार गर्थे तर एमालेले जितेपछि..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७